१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

७ मंसिर २०८१, शुक्रबार ०९:०३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी यात्रुलाई दुःख दिएको गुनासो बढेपछि पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधवार निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन् ।

मन्त्रालयका अनुसार विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।

यसैबीच अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक