मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जि"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको ‘शुद्धप्लस गुट्खा’ उद्योगमा शिलबन्दी

२५ असार २०७४, आईतवार ०६:४९


मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जिल्ला प्रशासनले शिलबन्दी गरेको छ । 

हाडिर्जाड फेग्नेन्स इन्डस्ट्रिजले उत्पादन गर्दै आएको ‘शुद्ध प्लस’ गुट्खाले मापदण्ड पूरा नगरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । उनकै नेतृत्वमा गएको बजार अनुगमनको टोलीले उद्योगबाट उत्पादित सुर्तीजन्य पर्दाथ मापदण्ड विपरित भएको भन्दै उद्योगमा छापा हानेको हो । 

उद्योगमा खानतलासी गर्ने क्रममा २ किसिमका गुट्खा ‘खाद्यबस्तुको अनुगमन गर्ने निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकारसहितको अनुगमन टोलीले कम्पनीमा उत्पादित वस्तु कमसल खालको भेटेको छ । 

करछलीको विषयमा सम्बन्धित निकाय राजस्वलाई अनुसन्धान गर्न निर्देशन दियौं,’ उनले भने । नेपालभरी नै राम्रो बिक्री रहेको शुद्धप्लस गुटखा उद्योगले पटक–पटक नियम उल्लङ्घन गरेको कारण छापा मारेको खाद्य अधिकृत आनन्द डंगोलले जनाए । 

‘उद्योग संचालकलाई उचित जवाफ सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा डाकिएको छ, त्यसपश्चात थप अनुसन्धान हुन्छ । उनले भने । नेपाली कांग्रेस नेता विरेन्द्र कनौडियाका भाई महेन्द्र कुमार कनौडियाको स्वामित्वमा रहेको उक्त उद्योगले मासिक २ करोड रुपैयाँ स्वघोषित कर बुझाउने गरेको बताइएको छ । मासिक १५ करोड रुपैयाँ बढीको गुटखा बिक्री गर्ने उक्त उद्योगले गुणस्तरहीन वस्तु प्रयोग गरी गुट्खा बनाउने गरेको प्रशासनको भनाइ छ ।


फार्मेसीको अनुमति लिएर कस्मेटिक सामानको बिक्री अनुगमन टोलीले फार्मेसीको अनुमती लिएको गुल्सन मेडिकल हलले कस्मेटिक सामानहरु बिक्री गरेको पत्ता लगाएको छ । मेडिकलबाट मिती सकिइसकेका (एकसपाएर ) केही औषधिहरु समेत बरामद गरिएको छ । त्यसैगरी बन्जाडे किनारा पसलसहित थुप्रै किराना तथा मेडिकल पसल, होटल लगायतका ठाउँमा अनुगमन टोलीले छापा मारेको छ । 

टोलीले गुल्सन मेडिकल कलेजका सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको मितिमा उपस्थित नभए शिलबन्दी गर्ने चेतावनी प्रशासनले दिएको छ । 

अनुगमनका क्रममा धेरैजसा मेडिकलबाट मिति सकिएका औषधि बरामद भएको प्रशासकिय अधिकृत प्रेम खवासले बताए । उनले केही मेडिकलहरु भने व्यवस्थित रहेको पाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ