मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जि"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तुको ‘शुद्धप्लस गुट्खा’ उद्योगमा शिलबन्दी

२०७४, २५ असार आईतवार ०६:४९


मो इमरान खान/असार २५, कपिलवस्तु । गुणस्तरहीन सामाग्री उत्पादन गरेको भन्दै कपिलवस्तुको कृष्णनगर नगरपालिका ८, बहादुरगंजस्थित ‘शुद्धप्लस गुट्खा’ उद्योगमा कपिलवस्तु जिल्ला प्रशासनले शिलबन्दी गरेको छ । 

हाडिर्जाड फेग्नेन्स इन्डस्ट्रिजले उत्पादन गर्दै आएको ‘शुद्ध प्लस’ गुट्खाले मापदण्ड पूरा नगरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए । उनकै नेतृत्वमा गएको बजार अनुगमनको टोलीले उद्योगबाट उत्पादित सुर्तीजन्य पर्दाथ मापदण्ड विपरित भएको भन्दै उद्योगमा छापा हानेको हो । 

उद्योगमा खानतलासी गर्ने क्रममा २ किसिमका गुट्खा ‘खाद्यबस्तुको अनुगमन गर्ने निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, पत्रकारसहितको अनुगमन टोलीले कम्पनीमा उत्पादित वस्तु कमसल खालको भेटेको छ । 

करछलीको विषयमा सम्बन्धित निकाय राजस्वलाई अनुसन्धान गर्न निर्देशन दियौं,’ उनले भने । नेपालभरी नै राम्रो बिक्री रहेको शुद्धप्लस गुटखा उद्योगले पटक–पटक नियम उल्लङ्घन गरेको कारण छापा मारेको खाद्य अधिकृत आनन्द डंगोलले जनाए । 

‘उद्योग संचालकलाई उचित जवाफ सहित आइतबार जिल्ला प्रशासन कार्यालयमा डाकिएको छ, त्यसपश्चात थप अनुसन्धान हुन्छ । उनले भने । नेपाली कांग्रेस नेता विरेन्द्र कनौडियाका भाई महेन्द्र कुमार कनौडियाको स्वामित्वमा रहेको उक्त उद्योगले मासिक २ करोड रुपैयाँ स्वघोषित कर बुझाउने गरेको बताइएको छ । मासिक १५ करोड रुपैयाँ बढीको गुटखा बिक्री गर्ने उक्त उद्योगले गुणस्तरहीन वस्तु प्रयोग गरी गुट्खा बनाउने गरेको प्रशासनको भनाइ छ ।


फार्मेसीको अनुमति लिएर कस्मेटिक सामानको बिक्री अनुगमन टोलीले फार्मेसीको अनुमती लिएको गुल्सन मेडिकल हलले कस्मेटिक सामानहरु बिक्री गरेको पत्ता लगाएको छ । मेडिकलबाट मिती सकिइसकेका (एकसपाएर ) केही औषधिहरु समेत बरामद गरिएको छ । त्यसैगरी बन्जाडे किनारा पसलसहित थुप्रै किराना तथा मेडिकल पसल, होटल लगायतका ठाउँमा अनुगमन टोलीले छापा मारेको छ । 

टोलीले गुल्सन मेडिकल कलेजका सञ्चालकलाई आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । तोकिएको मितिमा उपस्थित नभए शिलबन्दी गर्ने चेतावनी प्रशासनले दिएको छ । 

अनुगमनका क्रममा धेरैजसा मेडिकलबाट मिति सकिएका औषधि बरामद भएको प्रशासकिय अधिकृत प्रेम खवासले बताए । उनले केही मेडिकलहरु भने व्यवस्थित रहेको पाइएको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते