असार २९, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।&nb"/>

६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलसँग कर असुलउपर गर्न संसदीय समितिको निर्देशन

२९ असार २०७४, बिहीबार ११:१८


असार २९, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले निर्धारण भएको एनसेलको पूँजीगत लाभकर तत्काल असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । 

समितिको आजको बैठकले ठूला करदाता कार्यालयले यही असार १३ गते एनसेलको लाभकर रु ६० अर्ब ७१ करोड निर्धारण गरेकाले सो रकम तत्काल असुल गरी त्यसको जानकारी समितिलाई गराउन निर्देशन दिएको हो । 

समितिले एनसेल कतिपटक बिक्री वितरण र शेयर हस्तान्तरण भयो, के कति मूल्यमा कारोबार भयो र गरियो भन्नेबारेमा पनि सत्य तथ्य जानकारी उपलब्ध गराउन अर्थमन्त्रालय र ठूला करदाता कार्यालयलाई निर्देशन दिएको सभापति डोरप्रसाद उपाध्यायले बताउनुभयो । 

सम्बद्ध पक्षका अनुसार एनसेल हालसम्म १२ पटक किनबेच भएको छ । यसअघि चर्चामा नै नआएको एनसेलको बिक्रीको लाभकर नर्वेजियन कम्पनी टेलियाले मलेसियन कम्पनी एक्जियटालाई बिक्री गरेपछि मात्रै सतहमा आएको हो । 

लाभकर निर्धारण भए पनि नउठाउने र फेरि पनि छुट दिने प्रवृत्ति हावी हुन सक्ने भन्दै समितिले कर ऐनअनुसार ३५ दिनभित्रै रकम असुल गर्न निर्देश गरेको हो । 

समितिको बैठकमा सांसदहरुले कर निर्धारण गरेर पनि पुनः नउठ्ने र फेरि पनि लापर्बाही हुने हो कि भन्दै आशंका व्यक्त गर्नुभएको थियो । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद विष्णु पौडेलले विक्रेता वा क्रेता कोबाट कर असुलउपर गर्ने हो सो प्रष्ट गरी तत्काल तोकिएको कर उठाउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

सांसद रामहिर खतिवडा र धनराज गुरुङले संसद् र समितिको कार्यक्षेत्र नै मिचेर संसद्को अर्को समितिले लाभकर नतिरेको कम्पनीलाई चौथो पुस्ताको(फोर जी) प्रविधि सञ्चालन ल्याउन दिइएकामा आपत्ति प्रकट गर्नुभयो । 

लेखा समितिले कर नतिर्दासम्म कुनै पनि नयाँ प्रविधि ल्याउन दिन नहुने भन्ने सम्बन्धमा गरेको निर्णयकै बर्खिलाप हुने गरी संसद्को अर्को समिति प्रयोग भएको र नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति दिएको सम्बन्धमा पनि छानबिन हुनुपर्ने उहाँहरुको धारणा थियो । समितिको कार्यक्षेत्र मिचिएकामा लेखा समितिले सभामुख ओनसरी घर्तीलाई समेत ध्यानाकर्षण गराएको छ । 

सांसदहरु भरत शाह, मीना पुन, हरि नेपाल, भानुभक्त ढकाल, बादशाह कुर्मी, शत्रुधन महतोले निर्धारण भएको कर उठाउन कन्जुस्याईं गर्ने र समय घर्काउने कर्मचारीलाई समेत कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । 

अर्थमन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले लाभकर नतिरीकन कुनै पनि रकम विदेश लैजान नपाउने गरी राष्ट्र बैंकलाई पत्र पठाइएको जानकारी दिनुभयो । “कर नतिरीकन अब कुनै पनि कमाइ तथा आम्दानी एनसेलको प्रवद्र्धकले विदेश लैजान नपाउने गरी पत्र पठाइएको छ” सचिव ढुंगानाले भन्नुभयो । 

एनसेलले आम्दानी विदेश लैजान अनुमति पाउँ भन्दै निवेदन दिएलगत्तै ठूला कर दाता कार्यालयले कर चुक्ता नभएसम्म कुनै पनि प्रकारको रकम विदेश लैजान नमिल्ने गरी रोक्का गरिएको उहाँको भनाइ छ । 

सम्बद्ध पक्षका अनुसार रु ८९ अर्ब रकम एनसेल प्रवद्र्धक एक्जिटाको खातामा रहेको छ । यस्तै समितिले चालु आवमा पूँजीगत खर्च उल्लेख्य मात्रामा हुन नसकेको तर असार महिनामा आएर एक्कासि बढ्नुको कारणसमेत पेश गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । 

त्यस्तै सरकारी कर्मचारीमा बढेको विदेश भ्रमणका सन्दर्भमा समेत समितिले चासो देखाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा