२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकर्णेश्वर नगरपालिकाको बजेट रु ६७ करोड

२०७४, ३० असार शुक्रबार १३:२८

असार ३०, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आव २०७४/२०७५ का लागि पूर्वाधारलाई प्राथमिकता दिँदै रु ६६ करोड ९४ लाखको बजेट पारित गरेको छ । 

नगर कार्यपालिकाले बिहीबार पारित गरेको बजेटलाई आज बसेको नगर सभाले अनुमोदन गरेको हो । यो बजेट केही दिनमै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाकाले आज जोरपाटीमा आयोजना गरेको नगर सभामा प्रमुख सन्तोष चालिसेले प्रत्येक वडालाई रु चार करोडका दरले रु ३६ करोडको विकास बजेटसहितको कार्यक्रम प्रस्तुत गर्नुभयो । 

बजेटमा पूर्वाधार, सामाजिक, आर्थिक विकास, सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन निर्माण, जगेडा कोष, संस्थागत विकास एवं सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा विनियोजन गरिएको छ । 

बजेटमा एक वर्षभित्र जोरपाटी चोकमा सात तले गोकर्णेश्वर भवन बनाइने उल्लेख गरिएको छ । नगरपालिकाको कार्यालयसमेत रहने यो भवनमा नगरवासीलाई आवश्यक सबै सेवा दिने सोच अघि सारिएको छ । 

प्रत्येक वडामा निःशुल्क वाइफाइसहित दुई वटा हरित चोक, नौवटै वडामा आधुनिक सुविधासहितको सार्वजनिक शौचालय, ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइनेलगायत कार्यक्रम बजेटमार्फत् अघि सारिएको छ । 

बजेटमा खानेपानी, सरसफाइ, दलित, महिला, युवा, अपांगलगायतलाई मूल प्रवाहमा ल्याउने कार्यक्रम बनाइएको छ । प्रत्येक वडामा खेल मैदान निर्माणका लागि पनि बजेट छुट्याइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने