साउन १, काठमाडौँ । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ । 

अनलाइन बुकिङ्ग प्रणालीमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १, काठमाडौँ । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ । 

अनलाइन बुकिङ्ग प्रणालीमा"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल वायुसेवा निगमको टिकट अब अनलाइनबाटै बुकिङ्ग

२०७४, १ श्रावण आईतवार १४:१०


साउन १, काठमाडौँ । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले सेवालाई प्रभावकारी बनाउन आजदेखि अनलाइन बुकिङ्ग शुरु गरेको छ । 

अनलाइन बुकिङ्ग प्रणालीमा प्रवेश गरेसँगै अब निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै भागबाट पनि टिकट बुकिङ्ग गर्न सक्ने निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवम् निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीले आज यहाँ एक कार्यक्रमबीच अनलाइन बुकिङ्ग उद्घाटन गर्दै सूचना प्रविधिको प्रयोगले निगमको सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताउनुभयो । 

सूचना प्रविधि विभागका उपनिर्देशक अमृतमान श्रेष्ठले निगम अत्याधुनिक प्रविधिलाई सेवामा लगाई उच्चस्तरीय सेवा दिन सक्षम हुँदै गएको बताउनुभयो । 

भारतको वर्ड इन्फर्मेसन सिस्टम तथा थाइल्याण्डको टुसिपिसी कम्पनीको प्राविधिक सहभागितामा इन्टरनेट बुकिङ्गको थालनी गरिएको छ । 

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्डको प्रयोग गरी टिकट बुकिङ्ग हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ्ग प्रणालीमा आबद्ध गरिनेछ । यसका लागि केही समय लाग्ने निगमले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते