२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लाका सरकारी कार्यालयले ७१ करोड फिर्ता पठाए

२०७४, ६ श्रावण शुक्रबार १०:५७

नन्दराम जैशी/साउन ६, जुम्ला । जुम्लाका सरकारी कार्यालयहरुले ७१ करोड भन्दा बढि रकम खर्च गर्न नसकेर फिर्ता पठाएका छन् । 

आर्थिक वर्ष २०७३/०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ७१ करोड २२ लाख ६९ हजार ६ सय ६ रुपैया जुम्लाका सरकारी कार्यालयहरुले खर्च गर्न नसकेर रकम फ्रिज गएपछि फिर्ता पठाएका हुन् । 

जुम्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको खुद बजेट ५ अर्बं ३५ करोड ११ लाख ९ हजार ३ सय ९९ रुपैया मध्य असार मसान्तसम्म ४ अर्ब ६३ करोड ८८ लाख ३९ हजार ७ सय ९३ रकम खर्च भएको हो ।           

आर्थिक वर्ष २०७३/०७४ का लागि जुम्लाका सरकारी कार्यालयहरुले प्राप्त गरेको कुल बजेटको यस बर्ष ८६ दशमलब ६९ प्रतिशत बजेट खर्च भएको छ । चालु तर्फ ९२ दशमलब ७७ प्रतिशत र पुँजिगत तर्फ ७५ दशमलब ३१ प्रतिशत बजेट खर्च भएको प्रमुख कोष नियन्त्रक विश्व प्रसाद अर्यालले बताउनुभयो ।

 जसमा चालु तर्फ प्राप्त भएको खुद बजेट ३ अर्ब ४८ करोड ७९ लाख ९२ हजार ८ सय ३९ रकम मध्य ३ अर्ब २३ करोड ५७ लाख ४ हजार ४ सय ८८ रकम खर्च भएको छ । 

पुँजिगत तर्फ प्राप्त भएको खुद बजेट १ अर्ब ८६ करोड ३१ लाख १६ हजार ५ सय ६० रकम मध्य १ अर्ब ४० करोड ३१ लाख ३५ हजार ३ सय ४ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।       

 जिल्लाका अधिकाँश सरकारी कार्यालय समयमा कर्मचारी नबस्ने, उपभोक्ताले काम पनि ढिलो गर्ने तथा ठुलो परिमाणको बजेट पनि आर्थिक वर्ष सकिने बेला केन्द्रबाट आउने गरेकाले बजेट खर्च हुन नसकेर फिर्ता जाने गरेको प्रमुख कोष नियन्त्रक अर्यालको भनाइ छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते