८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वैदेशिक अध्ययनमा विद्यार्थीसँगै बाहिरियो ५६ अर्ब ८३ करोड

२१ माघ २०८१, सोमबार ०९:२७

काठमाडौँ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु २ अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।

अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो ।

समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु १ खर्ब १ अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।

समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३५ अर्ब ४३ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु ४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु ३९ अर्ब ८२ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता