काठमाडौँ | स्थानीय बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ। आज तोलामा १४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ६९ हजार ६०० रुपैयाँमा कायम भएको छ। आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो।
यसैगरी प्रतितोला चाँदी १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार प्रतितोला चाँदी १ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो।