२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डिजेल र मट्टितेलको मूल्य घटयो, हेर्नुहोस मुल्य सूची

१७ फाल्गुन २०८१, शनिबार ०८:५७

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो ।

आईओसीबाट प्राप्त मूल्य अनुसार डिजेल र मट्टितेलको खरिद मूल्यमा प्रतिलिटर ०.९० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ०.४२ रुपैयाँले कम भएको छ । यस्तै, पेट्रोलको खरिद मूल्य प्रतिलिटर ०.५० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.२७ रुपैयाँले बढेको छ ।

सोही अनुसार निगमले पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेल १५२.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५४ र तेस्रो वर्गका स्थानमा १५५ रुपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यद्यपि, पेट्रोल, काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार, मूल्य समायोजन भारतबाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर गरिएको हो | भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै नेपाली बजारमा पनि समयानुकूल मूल्य समायोजन गर्ने नीति अवलम्बन गर्दै आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु