२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोजर लिएर हाकिमकै घर भत्काउन पुगे कर्मचारी, बालेनको बिरोध (भिडियो सहित)

१४ चैत्र २०८१, बिहीबार १८:२५

अनिल अधिकारी । काठमाडौँ । उपत्यका विकास प्राधिकरणले काठमाडौँको नयाँ बानेश्वर स्थित आफ्नै हाकिमको घरमा डोजर चलाएको छ । डोजर लिएर आफ्नै हाकिमको घर भत्काउन जिल्ला आयुक्त सुवास बस्नेत सहित कर्मचारीको टोली पुगेका हुन् ।

डोजर चलेको घरका घर-धनी उपत्यका विकास प्राधिकरणकै नायब बिकास आयुक्त तथा सह-सचिव नवराज प्याकुरेल हुन् । यानेकि भत्काउन जाने कर्मचारीकै हाकिम हुन् । प्याकुरेल विकास प्राधिकरणका (जिएलडी) बाटो बिस्तारका संयोजक समेत हुन् । आफै जिएलडीको संयोजक भएर आफ्नै घर मापदण्ड बिपरित हुँदा, त्यो पनि जिएलडीको पहिलो घर भएको नाताले प्राधिकरणकै हाकिमले नछाडे अरुले पनि नछाड्ने भन्दै उजुरीहरु परेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

जिएलडीको मापदण्ड अनुसार प्याकुरेलको घरको दायाँतर्फ ८ मिटरको बाटो हुनुपर्ने हुन्छ तर प्याकुरेलकै योजनामा ६ मिटर सडक मात्र पिच गर्न लगाएर आफ्नो घर जोगाएको आरोप लगाइएको छ । आफ्नो घर जोगाउने उदेश्यले सहसचिव प्याकुरेलले पछिल्लो समय प्राधिकरणमा गर्नैपर्ने कामहरु समेत ठप्प पारेर नियमित काममा तदारुकता नदेखाएको आरोप छ । जिएलडीको संयोजक प्याकुरेललाई पटक-पटक मापदण्ड बाहिरको घर भत्काउन आग्रह गर्दा पनि नमानेपछि प्राधिकरणका कर्मचारीहरु डोजरनै लिएर हाकिमको घर भत्काउन पुगेका हुन् ।

आफ्नै हाकिमको कारण प्राधिकरणले आलोचना खेपिरहेको एक कर्मचारीले बताए । सडकको मुखैमा हाकिमको घर छ । जिएलडी मापदण्ड अनुसार ८ मिटर चौडा हुनुपर्ने तर हाकिमकै घरको दायाँतर्फ ६ मिटर चौडा बनाइएको छ । उनकै प्रभावको कारण त्यहाँको बाटो ८ मिटर कायम हुन नसकेको बताइएको छ ।

लामो समयको ताकेतापछि पनि अटेरी हाकिमले प्राधिकरणका केहि कर्मचारीहरुलाईनै उचालेर तालाबन्दी गर्ने काम गरेको समेत आरोप छ । प्याकुरेल माथि ऐनलाई कमजोर बनाउने खेलमा समेत लागेको, मापदण्ड बिपरितका संरचना भत्काउने कार्यविधि अनुसार कार्य योजनामा अबरोध पुर्याएको आरोप लगाइएको छ । उनले स्वार्थ समूहको प्रभावमा परेर अबैध प्लटिङहरुले प्राधिकरणबाट स्वीकृत लिनुपर्नेमा चासो दिन छाडेकोर प्राधिकरणको जिम्मेवार अधिकारी भएर पनि अरुलाई दिनुपर्ने मुआब्जा वितरणमा चासो नदिएको आरोप लगाइएको छ । प्याकुरेलले आफ्नो घर भत्काउन नचाहने तर कयौंको घर भत्किदा मुआब्जा दिन चासो देखाएका छैनन् ।

मापदण्ड बिपरित भएको घरको विषयमा सहसचिव प्याकुरेलले ६ मिटरको मापदण्ड अनुसारनै पीच भएको बताए । उनले आफ्नो घर जिएलडी मापदण्ड लाग्नुभन्दा अघिनै बनेको भन्दै सबैले ८ मिटर कायम गर्ने सहमति भए आफूले पनि मान्न तयार भएको बताए ।

काठमाडौँ उपत्यका प्राधिकरणका अनुसार ८ सयु १५ घरलाई क्षेतिपूर्ति दिन बाँकी छ । कयौंको घर पहिलेनै भत्काइएको छ । धेरै घर बिहिन भएका छन् तर यी हाकिमले चासो नदेखाएको कारण उनीहरुले मुआब्जा पाउन नसकेको बताइएको छ ।

बिहिबार आफ्नै हाकिमको घर भत्काउन डोजर लिएर गएको उपत्यका विकास प्राधिकरणको टोलीलाई माहानगर पालिकाले पठाएको सम्झिएर सोहि घरमा भाडामा लिएर व्यवसाय गर्ने व्यवसायीले अवरोध सृजना गरे । अवरोध मात्र गरेनन्, उनले बुझ्दै नबुझी बालेन बिरुद्ध नाराबाजी समेत गरे । केहिबेर स्थिति असामान्य बनेको थियो ।

पुरा भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता