२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी आवमा प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक

२१ चैत्र २०८१, बिहीबार १४:०४

काठमाडौँ | काठमाडौँ संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम बिहीबार सार्वजनिक गरेको हो।

मन्त्रालयले ७ वटै प्रदेश सरकारलाई गरी ७८ अर्ब ८५ लाख रुपैयाँ राजस्व बाँडफाँटबापत् उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको लागि सो रकमको अनुमान गरेको हो ।

मन्त्रालयले बाग्मती प्रदेशलाई ११ अर्ब ५२ करोड, मधेस प्रदेशलाई १२ अर्ब ३५ करोड, कोशी प्रदेशलाई १२ अर्ब ३९ करोड राजस्व बाँडफाटबाट दिईने अनुमान गरेको छ । त्यस्तै, राजस्व बाँडफाटबाट गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ६६ करोड, कर्णाली प्रदेशले १० अर्ब २७ करोड र सुदुरपश्चिम प्रदेशले ९ अर्ब २७ करोड पाउनेछन् ।

यसका साथै मन्त्रालयले प्रदेश सरकार तथा स्थानीय तहले सरकारबाट पाउने न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम पनि सार्वजनिक गरेको हो ।

न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम सबै प्रदेश सरकारको गरेर ६० अर्ब ६६ करोड रहेको छ । स्थानीय तहमा भने न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम ८८ अर्ब ९६ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु