२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सेयरबजारमा साढे ५ अंकको गिरावट

२८ चैत्र २०८१, बिहीबार १६:४९

काठमाडौँ | सेयरबजारमा आज साढे ५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रोकिएको हो।

यस दिन साढे ५ अर्बको सेयर किनबेच भएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्रीपछि ५ अर्ब ६० करोडको कारोबार भएको हो। साताको अन्तिम कारोबार दिन आज ११४ वटा सेयरको मूल्य बढ्दा १३१ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयरधनीले समान ९.९८ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक र विन नेपाल लघुवित्तका सेयरधनीले ७.९८ र ७.२८ प्रतिशत आम्दानी गरे। त्यसैगरी बोटलर्स नेपाल बालाजु र हिमालयन पावर पार्टनर्सका लगानीकर्ताले भने ४.३७ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरे। सर्वाधिक कारोबारमा आज राधी जलविद्युत् अगाडि रह्यो। कम्पनीको ३५ करोड ९४ लाखको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड २९ लाखको किनबेच भयो।

हिमालयन रिइन्स्योरेन्सको पनि लगानीकर्ताले आज ३० करोड र सीईडीबी होल्डिंग्स लिमिटेडको २९ करोडको कारोबार गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…