२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज सेयरबजारमा साढे ५ अंकको गिरावट

२०८१, २८ चैत्र बिहीबार १६:४९

काठमाडौँ | सेयरबजारमा आज साढे ५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सूचक ५.५७ अंकले घटेर २६७०.७० विन्दुमा रोकिएको हो।

यस दिन साढे ५ अर्बको सेयर किनबेच भएको छ। कुल १ करोड १३ लाख कित्ता सेयर बिक्रीपछि ५ अर्ब ६० करोडको कारोबार भएको हो। साताको अन्तिम कारोबार दिन आज ११४ वटा सेयरको मूल्य बढ्दा १३१ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफका सेयरधनीले समान ९.९८ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक र विन नेपाल लघुवित्तका सेयरधनीले ७.९८ र ७.२८ प्रतिशत आम्दानी गरे। त्यसैगरी बोटलर्स नेपाल बालाजु र हिमालयन पावर पार्टनर्सका लगानीकर्ताले भने ४.३७ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरे। सर्वाधिक कारोबारमा आज राधी जलविद्युत् अगाडि रह्यो। कम्पनीको ३५ करोड ९४ लाखको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड २९ लाखको किनबेच भयो।

हिमालयन रिइन्स्योरेन्सको पनि लगानीकर्ताले आज ३० करोड र सीईडीबी होल्डिंग्स लिमिटेडको २९ करोडको कारोबार गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति