२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमायो

२०८२, ७ बैशाख आईतवार १४:१९

काठमाडौँ | वाणिज्य बैङ्कहरूले नौ महिनामा ४१ अर्बभन्दा बढी खुद नाफा कमाएका छन् । बैङ्कहरूले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यस्तो देखिएको हो ।गत चैत मसान्तसम्म आइपुग्दा बैङ्कहरूको नाफा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने १.४ प्रतिशत मात्रै धेरै हो । जबकि, गत आवको सो अवधिमा बैङ्कहरूले ४० अर्ब ६८ करोड ३० लाख बढी खुद नाफा कमाएका थिए ।

समीक्षा अवधिमा ११ वटा बैङ्कको नाफा मात्रै वृद्धि भएको छ भने ९ वटाको नाफामा गिरावट देखिन्छ । सर्वाधिक नाफा कमाउनेको पहिलो सूचीमा नबिल बैङ्क नै छ । बैङ्कले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा भने बैङ्कले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । सर्वाधिक नाफा कमाउने दोस्रो बैङ्कको सूचीमा एनआइएमबि रहेको छ । बैङ्कले ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

नाफामा धेरैजसो दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई भने तेस्रो सूचीमा पुगेको छ । समीक्षा अवधिमा ग्लोबलले ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यता, चौथो सूचीमा रहेको एभरेस्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ३२.५५ प्रतिशत धेरै हो । नाफा वृद्धिदरमा पनि नेपाल बैङ्क, एनआइएमबि, ग्लोबल, एभरेस्ट, माछापुच्छ्रे शीर्ष सूचीमा छन् । समीक्षा अवधिमा माछापुच्छ्रेले नाफा २८.८९ प्रतिशत, सानिमाले १४.८ प्रतिशत, एनएमबिले ५.८७ प्रतिशत, प्रभुले ३.५१ प्रतिशत, नेपाल एसबिआईले ३.३६ प्रतिशत, लक्ष्मी सनराइजले २.२४ प्रतिशत बढाएका छन् ।

नाफा घटेका नौ बैङ्क
समीक्षा अवधिमा एनआइसी एशियासहित ९ वटा बैङ्कको नाफामा भने गिरावट आएको छ । बैङ्कको नाफा ९१.८१ प्रतिशत घटेर १५ करोड ६७ लाख रुपैयाँमा समिति भएको छ । जबकि, गत वर्षको सो अवधिमा भने १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तै, हिमालयन बैङ्कको नाफामा पनि ७४.३३ प्रतिशत, कुमारीको ७२.८१ प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कको ४९.२८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा यी बैङ्कहरूले क्रमशः ५० करोड, २८ करोड ५८ लाख, १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा कमाएका छन् । यता, प्राइम बैङ्कको नाफामा पनि २२.५६ प्रतिशत, सिटिजनको २०.५९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डको ११.१७ प्रतिशत, कृषि विकासको १०.१७ प्रतिशत र सिद्धार्थको ०.९४ प्रतिशत गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु