४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

७ बैशाख २०८२, आईतवार १६:५३

काठमाडौँ |नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज परिसूचक १६ दशमलव ६८ अङ्कले घटेर दुई हजार ७०६ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा ८ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ५२ र व्यापार समूह एक दशमलव ०२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७०, विकास बैंक शून्य दशमलव ७९, वित्त एक दशमलव २७, होटल तथा पर्यटन एक दशमलव ३६, जलविद्युत् एक दशमलव २२ र लगानी समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा शून्य दशमलव ८७, लघुवित्त शून्य दशमलव ५४, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बिमा शून्य दशमलव २२ र अन्य समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य सात दशमलव ३३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै राधी विद्युत् कम्पनी लिमिटेडको रू ६८ करोड ७६ लाख ९७ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने बलेफी हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै २४ लाख ८३ हजार सात सय ६३ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ