३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक साताको पहिलो दिनमै ११.५३ अंकले घट्यो,कारोबार १० अर्बमाथि

२८ बैशाख २०८२, आईतवार १६:४५

काठमाडौँ । धितोपत्र दोस्रो बजार (सेयर बजार) मापक नेप्से परिसूचक आइतबार (वैशाख २८) ११.५३ अंकले घटेको छ । बजार घटेर २६५०.११ विन्दुमा बन्द भएको हो ।

यस दिन १० अर्ब २० करोड रुपैयाँको सेयर किनबेच भयो । गएको बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो। ८२ कम्पनीको सेयर मूल्य बढ्यो । १६४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यी कम्पनीले भर्खरै आईपीओ निष्कासन गरेका हुन् ।दोस्रो बजारमा सूचीकृत भएदेखि नै यी कम्पनीको सेयर मूल्य लगातार बढिरहेको छ । आईपीओ निष्कासन गर्नेबित्तिकै कसैले पनि बिक्री नगर्ने र माग बढ्दा सेयर मूल्य लगातार उकालो लागिरहेको छ ।

जोशी हाइड्रोपावर र हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सिन्धु विकास बैंकको सेयर मूल्य ७.४५ प्रतिशतले घटेको छ ।कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट