सोमबार यहाँ कम विकसित मुलुकहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सोमबार यहाँ कम विकसित मुलुकहरुक"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४ बर्ष भित्र नेपाल विकासशील मुलुक !

६ भाद्र २०७४, मंगलवार ०७:१२

भदौ ६, काठमाडौँ | सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ । 

सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताउनुभएको हो । 

सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ । 

त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ ।

एलडिसीका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले २०१७ देखि २०२४ सम्ममा नेपाललगायत केही मुलुक विकासशील मुलुकका रुपमा जाने र त्यसका लागि आर्थिक र सामाजिक विकासले सकारात्मक फड्को मार्नुपर्ने धारणा राख्नुभयो । गोष्ठीमा १२ बुँदे नागरिक समाज संगठनको काठमाडौँ घोषणापत्र पनि पारित गरिएको छ । 

घोषणापत्रमा मुख्य गरी निकासी अभिवृद्धिका लागि नेपाल व्यापार एकीकरण रणनीति, २०१६ प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताका रुपमा उनीहरुको भूमिकालाई माथि उठाउनका लागि निजी क्षेत्र र विकास साझेदारीलाई जोडदार आह्वान गर्ने, वित्तीय खाडललाई पूर्ति गर्न प्रत्यक्ष वैदेशिक लगानीलाइ आकर्षित गर्न उपयुक्त वातावरण सिर्जना गर्नेजस्ता बुँदा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ