लोकेन्द्र प्रशाद जोशी | भदौ ७, दार्चुला । आर्थीक बर्ष ३०७३/०७४ को बजेट बक्तब्य मार्फत दार्चुला जिल्लाको गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी | भदौ ७, दार्चुला । आर्थीक बर्ष ३०७३/०७४ को बजेट बक्तब्य मार्फत दार्चुला जिल्लाको गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्न मन्त्रालय र प्राधिकरणसंग सांसद ठगुन्ना लबीङमा

२०७४, ७ भाद्र बुधबार १६:५३


लोकेन्द्र प्रशाद जोशी | भदौ ७, दार्चुला । आर्थीक बर्ष २०७३/०७४ को बजेट बक्तब्य मार्फत दार्चुला जिल्लाको गोकुलेश्वर बिमानस्थल सञ्चालन गर्ने कार्यक्रम रहेकोमा हालसम्म सो बिमानस्थल निमार्णकार्य बिभिन्न बहानामा सञ्चालन नभएकोमा अबिलम्ब कार्य आरम्भ गर्न दार्चुला जिल्लाका निर्बाचित सासंद गणेश सिह ठगुन्नाले संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्रालयलाइ आग्रह गर्नुभएको छ ।

बैतडीको पाटन, डोटीको दिपायल र अछामको साँफेबगर विमानस्थल गरी सुदूरपश्चिमका थप तीन वटा विमानस्थल गत बर्ष ठेक्का भएर यसै आर्थिक वर्षभीत्र कालोपत्रे हुने तर दार्चुलाको गोकुलेश्वर बिमानस्थल नपरेको भन्दै दार्चुलाबासी आम नागरीकले चिन्ता ब्यक्त गरीरहेका बेला सासंद ठगुन्नाले मन्त्रालय र प्राधिकरणको ध्यानआकर्षण गराउँनुभएको हो ।

सासंद ठगुन्नाले संस्कृति पर्यटन तथा नागरीक उड्यन मन्त्री जितेन्द्र नारायण देब भारत भ्रमणमा रहेकाले मन्त्रालयमा पुगेर राज्यमन्त्री सुमित्रा थरुनीलाइ औपचारकिरुपमा आग्रह पत्र बुझाएको साथै मन्त्री देब भारतबाट फर्कीनेबित्तिकै सबैपक्षसंग बिमानस्थल सञ्चालनकालागी पुन. आग्रह गर्ने नेता ठगुन्नाको भनाइ छ ।

साथै सासंद ठगुन्नाले बिमानस्थल के कति कारणले सञ्चालन नभएको भन्ने बिषयमा अबिलम्ब कार्य सञ्चालनका लागी नेपाल नागरीक उड्यन प्राधिकरणका महानीर्देशक संजिब गौतमसंग छलफल गर्नुभएको हो ।

सासंद ठगुन्नाले दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल नजिक ठुलठुला घरहरु निमार्ण भएकोले उडान भर्नमा समस्या हुने भन्दै काम अघि नबढेको प्रतिक्रिर्या प्राधिकरणबाट प्राप्त भएको बताउँनुभयो ।

मिडियाहरुमा भारतको सीमा नजिक र जहाज उत्रीने बेला पुल परेकाले कालोपत्रेको योजनामा नपरेको भन्ने कुरा आएपनि आफुसंगको भेटमा प्राधिकरणका महानीर्देशक गौतमले भारतीय सिमाबारे कुनै कुरा उल्लेख नगरेको बताउँनुभयो । उहाले प्रधिकरणका महानिर्देशक गौतमले बिमानस्थललाइ केहि माथी सारेर भएपनि सञ्चालन गर्नकोलागी छिट्टै पुन. सम्भाब्यता अद्ययन गर्ने आस्वासन दिनुभएको र यसकालागी स्थानिय तहको समेत सहयोग आबश्यक पर्ने कुरा राखेको बताउँनुभयो ।

यस्तै दार्चुला जिल्लाबाट महाकाली नगरपालीका, शैल्यसिखर नगरपालीका, मार्मा गाउँपालीका, मालीकार्जुन गाउँपालीका र दुहु गाउँपालीकाका गाउँपालीका प्रमुख लगायतको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाइ यो बिषयमा स्मरण गराएको बताएका छन । शैल्यसिखर नगरपालीकाका नगरप्रमुख अमर सिह धामीले यस बिषयमा पर्यटन तथा नागरकि उड्ययन मन्त्रीलाइ भेटेर बुझ्ने बताउँनुभएको छ ।

केहि समय पहिले प्राधिकरणको अध्ययन टोलीले दार्चुला र बैतडी छुट्याउने चमेलीया नदीमाथि बनेको पुलले जहाज अवतरण र उडानभर्न असहज हुने भएकाले गोकुलेश्वर विमानस्थललाई जोखिमयुक्त विमानस्थलको श्रेणीमा राखेको जनाएको थियो । साथै कतिपयले प्राधिकरणले भनेजस्तै गोकुलेश्वरमा बिमानस्थल नजिकै ठुलठुला घरहरु निमार्ण हुनु पनि प्रमुख समस्या हुनसक्ने बताएका छन ।

यसैबिच बिमानस्थल सञ्चालन नहुने भन्ने खबर सुन्ने बित्तिकै सामाजिक सञ्चाल र मैखीक रुपमा समेत धेरैले सरकार र प्राधिकरणको अदुरदर्शीता र दार्चुला जिल्लालाइ बिकासबाट पछि धकेल्ने बाहानाबाजी मात्र भएको बताएका छन ।

दार्चुलाको नेतृत्वमा पहुच नभएकै कारण बिमानस्थल सुचारु नभएको भन्दै दार्चुलाबासीले आक्रोस समेत पोखेका छन । जुनसुकै बिकल्पको खोजि गरेर भएपनि बिमानस्थल सुचारु हुनुपर्ने स्थानियबासीको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ