भदौ ९, काठमाडौं। नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौं। नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतन"/>
२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल–भियतनाम व्यापारबारे छलफल

२०७४, ९ भाद्र शुक्रबार ०७:५२

भदौ ९, काठमाडौं। नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ । 

भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई प्राथमिकता दिनु पर्ने तथा राहदानी प्रक्रिया सरलीकरणका विषयमा छलफल भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष मल्होत्राले नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि आदिमा लगानी विस्तारका लागि राजदूत थान्हसँग आग्रह गर्नुभयो । 

भेटघाटमा राजदूत थान्हले दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन, पर्यटन विस्तार तथा व्यापार वृद्धिका लागि संघसँग समन्वय गरी कार्य गर्ने बताउनुभयो । उक्त छलफलमा संघबाट नरेश श्रेष्ठ, लोकमान्य गोल्छा, शिवजी राय यादवलगायतको उपस्थिति रहेको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित