बलेवा- नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो।


ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बलेवा- नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो।


ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रम"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाग्लुङ बलेवादेखि हेलिमा सरर कसलाई कति समयको कति लाग्छ हेर्नुहोस्

२०७४, ९ भाद्र शुक्रबार ०८:३४

बलेवा- नेपालमा हेलिकप्टर सेवा धेरैअघि देखि नै थियो।


ठट्यौली गरेर ‘बच्चा हेलिकप्टर’ भनिने ‘अल्ट्रा लाइट’ को सेवा पनि पोखरा र आसपासका क्षेत्रमा केही वर्षदेखि उपलब्ध छ।


अब भने नेपालमा ‘अल्ट्रा लाइटको दाजु’ र ‘हेलिकप्टरको भाइ’ भन्न मिल्ने ‘लाइट हेलिकप्टर’को सेवा पनि सुरु भएको छ।


नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘लाइट हेलिकप्टर’को व्यावसायिक उडानका लागि अनुमति दिएपछि यो कस्तो हेलिकप्टर हो, यसले कस्तो सेवा दिन्छ, कति पैसा लाग्छ भन्ने चासो सुरु भएको छ।


प्राधिकरणबाट उडान अनुमति पाएको हेली एयर नेपालले भदौ तेस्रो  साताबाट व्यावसायिक उडान गर्ने तयारी गरिरहेको छ।  हेली एयरले फ्रान्सबाट ल्याएका दुई  वटा ‘जेरोकप्टर’ हेलिकप्टरबाट उडान सुरु गर्नेछ।


अल्ट्रा लाइट र हेलिकप्टरभन्दा फरक विशेषता भएको यस्तो हेलीकप्टरको सेवा दक्षिण एसियामै पहिलो भएको सञ्चालक धर्मराज बर्तौलाले बताए।


पेट्रोलबाट चल्ने यो हेलिकप्टरले लगातार तीन घन्टा वा ८ सय किलोमिटर उडान गर्नसक्छ।


अरु हेलिकप्टर वा विमानलाई असर गर्ने हावाहुरीको समयमा पनि यो हेलिकप्टर सामन्य अवस्थामा उडान पार गर्ने सफल हुनु नै यसको मुख्य विशेषता भएको हेली एयरका प्रमुख कार्यकारी अधिकृत रोनन लामिछानेले बताए।


‘हावाहुरी र अँध्यारोमा पनि उडन सक्ने विशेषताका कारण नै यो हेलिकप्टर आपतकालिन उद्धार र यात्राको लागि बढी प्रचलनमा रहेको छ,’ उनले भने।


चालकसहित दुई जना यात्रा गर्न मिल्ने यसको मुख्य विशेषता भनेको दृष्यावलोकन हो जहाँ यात्रुले सतहको नजिकबाट चारैतिरको स्पष्ट दृष्यावलोकन गर्न सक्छन्।


चालकसहित दुईजना मात्र यात्रा गर्न मिल्ने लाइट हेलिकप्टरले जमिनबाट ५०० मिटरको उचाई देखि १२,००० फिटको उचाइसम्म उड्न सक्छ।


आपतकालिन अवस्थामा जहाँजस्तो ठाउँमा अवतरण गर्न सक्ने यो हेलिकप्टरको लागि उड्नको लागि भने ९० मिटरको खाली ठाउँ चाहिन्छ। तर सामान्य हावा लागेको स्थानमा भने यसलाई उक्त ठाउँ नचाहिने प्राइभेट पाइलट समेत रहेका लामिछानेले बताए।


हेली एयरको मुख्य उद्देश्य पोखरा तथा हिमालको दृष्यावलोकन गराउनु रहेको छ।


पर्यटकीय गतिविधि बढाउन यो सेवा सुरु गरिए पनि यसबाट सम्भव अन्य सबै सेवा दिन आफूहरु तयार रहेको हेली एयरका प्रमुख कार्यकारी अधिकृत लामिछानेले बताए।


यो हेलिकप्टरबाट भन्दै ३६० डिग्रीमा दृष्य देख्न सकिने र सतहको पाँच सय फिटसम्मको दुरीबाट पनि अवलोकन गर्न सकिने भएकोले हेलिकप्टर र ‘अल्ट्रा लाइट’ बाट भन्दा पर्यटकहरुलाई आफूहरुले राम्रो सेवा दिन सक्ने दाबी लामिछानेले गरे।


‘नेपालमा थुप्रै सुन्दर सम्पदा छन्, तर हामीसँग त्यो देखाउने राम्रो पूर्वाधार भएन’ उनले सेतोपाटीसँग भने,’ लाइट हेलिकप्टरबाट ३६० डिग्रीको भ्यू देखिने हुनाले अब त्यो आवश्यकता पुरा हुन्छ।’


कतिपय व्यक्तिहरु एक्लै यात्रा गर्न बढी रुचाउँछन्। उनीहरुलाई हेलीकप्टर चार्टर गर्दा महंगो शुल्क लाग्छ, अल्ट्रा लाइटले लामो यात्रा तय गर्न सक्दैन, त्यस्ता पर्यटकका लागि हेली एयरको सेवा लाभदायी हुने उनको विश्वास छ।


अबको छ महिनाभित्र नेपाली पाइलट तयार गर्ने लक्ष्य लिएको हेली एयरले हाल भने फ्रेन्च, स्वीस र दक्षिण अफ्रिकाबाट पाइलट ल्याएर उडान गर्ने लामिछानेले जानकारी दिए।


एयर ट्याक्सीको सुविधा!


जसरी काठमाडौंको कुनै एक ठाउँबाट अर्को ठाउँमा जान हामीले ट्याक्सी प्रयोग गर्छौं, त्यसैगरी यदि कसैलाई अावश्यक परे तत्काल पोखरा, बलेवा (बाग्लुङ) बाट नेपालको कुनै पनि ठाउँमा जान परेमा चार्टर गरेर जान सक्छन्।


तर तत्कालको लागि हेली एयरको प्राथमिकतामा भने पोखराको दृष्यावलोकन र माउन्टेन उडान हो। थप दुई हेलिकप्टर अाएपछि भने यो कम्पनीले एयर ट्याक्सीको पनि सुविधा दिनेछ।


‘तत्कालको लागि साइट सिनको लागि सेवा दिन्छौं पछि हामी एउटा निश्चित एरिया निर्धारण गरेर दुई वटा हेलिकप्टर ल्याएर सेवा दिन्छौं अनि लाइट हेलिकप्टरलाई एयर ट्याक्सीमा रूपान्तरण गर्छौ’ लामिछानेले भने।


बलेवा विमानस्थललाई आधार र  पोखरा विमानस्थललाई  सहायक आधार बनाएको एयरले यो सुविधा विस्तार गरेपछि नेपालका कुनै पनि विमानस्थलमा एयर ट्याक्सीको सुविधा दिनसक्ने लामिछानेको भनाइ छ।


जस्तो पोखरा–काठमाडौं हवाई दुरी १४७ किलोमिटर छ भने पोखरा–विराटनगरको ३२० किलोमिटर रहेको छ।


कति समय उड्दा कति रुपैयाँ लाग्छ?


हेली एयरले तत्कालको लागि पाँचवटा प्याकेज ल्याएको छ। विदेशी र नेपालीको लागि एउटै दर निर्धारण गरेको एयरले १५, ३०, ६०, ९० र १२० मिनेटको प्याकेज ल्याएको छ।


पोखरा सहर, साराङकोट, फेवा ताल, विश्वशान्ति स्तुपा , लेखसाइड र रानीवनको दृष्यावलोकनकोमा १५ मिनेटको प्याकेज रहेको छ। जसको भाडा १५ हजार रुपैयाँ  तोकिएको छ।


पोखराको प्याकेज, फिस्टेयल हिमाल, अन्नपुर्ण श्रृखला, सेती नदी, पंचासे गाउँ, गुरुङ गाउँ र अष्ट्रेलियन क्याम्पको दृष्यावलोकन हुने यसमा ३० मिनेटको समय छ जसको भाडा २५ हजार रुपैयाँ रहेको छ।


अर्को छ एक घण्टाको प्याकेज जसमा अघिल्लो ३० मिनेटको प्याकेजसँगै सिक्लेस गाउँ, अन्नपुर्ण श्रृखला, क्वाँछे हिमताल, लमजुङ हिमाल, सेती म्याली, मार्डी हिमाल र पोखरा दृष्यावलोकनसहितको भाडा ४० हजार रुपैयाँ रहेको छ।


९० मिनेटको माउन्टेन उडानमा अघिल्ला १५, ३०, ६० मिनेटका सबै प्याकेज एकैपटक जोडेर गरिन्छ जसको भाडा ५५ हजार रुपैयाँ रहेको छ।


अल्पाइन टुर नामको प्याकेजमा दुई घण्टाको समय निर्धारण गरेको हेली एयरले माउन्टेन उडासँगै बलेवा एयरपोर्टमा माउन्टेन कफी र आकाशबाट गाउँको दृष्यावलोकन गराउने जनाएको छ। जसको भाडा ६ सय ९८ अमेरिकी डलर रहेको छ।


यी सबै भाडाहरु सुरुअाती रहेका र पछि यात्रुहरूको प्रतिक्रियासँगै पुनर्विचार हुँदै जाने सिइओ लामिछानेले जानकारी दिए। अन्य हेलिकप्टर टुरमा ९० मिनेटको समयमा २ हजार अमेरिकी डलरभन्दा बढी लाग्छ। त्यस्तै अन्य चार्टरको फरक भाडा निर्धारण गर्ने गरिएको छ।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न