भदौं ११, काठमाडौं । नेपाली बजारमा अब नयाँ ५ रुपयाँको नोट देखिन थालेको छ । पहिले भन्दा केहि फरक बनेर आएको नयाँ नोट देखेपछी केहि ब्यापारीहरु झुक्किन सक्छन । किनकी राष्ट्र बैंकले साउन ३१ गतेदेखि चलनचल्तीमा ल्याएको नयाँ ५ रुपैयाको नोट पहिलेको भन्दा केहि फरक भएको छ ।
संकेत नम्बर ढ/६६ ०००००१ देखि थ/४५ ९९९९९९ सम्म रहेको ५ रुपौयाँको नयाँ नोट झट्ट हेर्दा पुरानो जस्तै लागेपनि धेरै फरक छ । नेपाल राष्ट्र बैंकले चलनचल्तिमा ल्याएको नयाँ ५ रुपैयाको नोटमा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र राखिएको छ । पुरानो नोटमा त्यस स्थानमा तलेजु भवानीको मन्दिरको फोटो देख्न सकिन्थ्यो ।
त्यस्तै पुरानो ५ रुपयाको नोटमा २ ओटा याकको पछाडीपट्टि सगरमाथाको चित्र देख्न सकिन्थ्यो भने नयाँ नोटमा त्यस स्थानमा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल (पछाडी) र त्यहि क्षेत्रमा पाइने एउटा बन्य याक राखिएको छ ।