पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई"/>
३ माघ २०८२, शुक्रबार
अर्थ/विकास

कुश्मा बलेवा यान्त्रिक पुलको एक बर्षमै १ करोड मुनाफा, १८ प्रतिशत मुनाफा वितरण

१२ भाद्र २०७४, सोमबार ०२:४३

पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई वितरण गर्ने  यान्त्रिक पुल लि.ले जनाएको छ ।

६ बर्षपहिले संचालनमा आएको यान्त्रिक पुलले पर्वत र बाग्लुङलाई जोडेको छ । यान्त्रीपुलको सेवा विस्तार भाडादरमा  बारम्बार विवाद हुदै आएको छ । यान्त्रिक पुलको सेवा सुविधा र मर्मत कार्यमा निकै आलोचना खेप्नुपरेको छ तर पनि मुनाफा भने बर्सेनी बृद्धि गरेको छ ।  गत बर्ष मात्र कम्पनीले २० प्रतिशतले हुन आउने १ करोड २ लाख मुनाफा बितरण गरेको थियो ।

शनिबार भएको छैठौ साधारणसभाले लगानीकर्तालाई १८ प्रतिशत मुनाफा बितरण गर्न अनुमोदन गरेको छ ।  कुल ४ सय ६२ जना शेयरधनी रहेको कम्पनीले १८ प्रतिशत मुनाफा वितरण गर्ने सर्वसहमत पारित गरेको हो ।

गएको बर्ष एक महिना भन्दा बढी समय मर्मतका लागि यान्त्रिक पुल बन्द भएको र मर्मतमा समेत बढी रकम खर्च गर्नुपरेका कारण मुनाफा घटेको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । 

यान्त्रिक पुल निर्माणसँगै पर्वत र बाग्लुङका १६ गाउँविकास समितिको व्यापारसम्बन्ध बढेको छ । जिल्लाको पर्यटन विकासमा समेत टेवा पु¥याएको यान्त्रिक पुलमा दैनिक ५ सय सर्वसाधरण ओहोरदोहोर गर्दै आएका छन् । लामो समयदेखि बन्द गरेको बलेवा विमानस्थल संचालनमा आउदैछ । यान्त्रिक पुलले यसलाई थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।

यान्त्रिक पुलको भाडा दरमा भने सर्वसाधरणहरुले गुनासो गर्दै आएका छन् । भाडादर महंगो भएको सर्वसाधरणको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ