पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई"/>
२०८२, २६ चैत्र बिहीबार
अर्थ/विकास

कुश्मा बलेवा यान्त्रिक पुलको एक बर्षमै १ करोड मुनाफा, १८ प्रतिशत मुनाफा वितरण

२०७४, १२ भाद्र सोमबार ०२:४३

पर्वत । कुस्मा बलेवा यान्त्रिक पुलले एक बर्षमानै झण्डै १ करोड मुनाफा गर्न सफल भएको छ । यान्त्रिक पुल लिमिटेडले आर्थिक बर्ष ०७३÷०७४ मा ९० लाख ४७ हजार ३ सय ४७ रुपैंया मुनाफा गरेको हो । उक्त रकमको  १८ प्रतिशत शेयरधनीलाई वितरण गर्ने  यान्त्रिक पुल लि.ले जनाएको छ ।

६ बर्षपहिले संचालनमा आएको यान्त्रिक पुलले पर्वत र बाग्लुङलाई जोडेको छ । यान्त्रीपुलको सेवा विस्तार भाडादरमा  बारम्बार विवाद हुदै आएको छ । यान्त्रिक पुलको सेवा सुविधा र मर्मत कार्यमा निकै आलोचना खेप्नुपरेको छ तर पनि मुनाफा भने बर्सेनी बृद्धि गरेको छ ।  गत बर्ष मात्र कम्पनीले २० प्रतिशतले हुन आउने १ करोड २ लाख मुनाफा बितरण गरेको थियो ।

शनिबार भएको छैठौ साधारणसभाले लगानीकर्तालाई १८ प्रतिशत मुनाफा बितरण गर्न अनुमोदन गरेको छ ।  कुल ४ सय ६२ जना शेयरधनी रहेको कम्पनीले १८ प्रतिशत मुनाफा वितरण गर्ने सर्वसहमत पारित गरेको हो ।

गएको बर्ष एक महिना भन्दा बढी समय मर्मतका लागि यान्त्रिक पुल बन्द भएको र मर्मतमा समेत बढी रकम खर्च गर्नुपरेका कारण मुनाफा घटेको लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । 

यान्त्रिक पुल निर्माणसँगै पर्वत र बाग्लुङका १६ गाउँविकास समितिको व्यापारसम्बन्ध बढेको छ । जिल्लाको पर्यटन विकासमा समेत टेवा पु¥याएको यान्त्रिक पुलमा दैनिक ५ सय सर्वसाधरण ओहोरदोहोर गर्दै आएका छन् । लामो समयदेखि बन्द गरेको बलेवा विमानस्थल संचालनमा आउदैछ । यान्त्रिक पुलले यसलाई थप मद्दत पु¥याउने विश्वास लिइएको छ ।

यान्त्रिक पुलको भाडा दरमा भने सर्वसाधरणहरुले गुनासो गर्दै आएका छन् । भाडादर महंगो भएको सर्वसाधरणको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित