काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही "/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती

१३ भाद्र २०७४, मंगलवार ०८:२७

काठमाडौँ, १३ भदौ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक किनारमा राखिएका पोल सार्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज केही स्थानमा विद्युत् कटौती गरेको छ । 

प्राधिकरणका अनुसार आज दिनभरजसो महाराजगञ्ज वितरण केन्द्र मातहतका सबै स्थानमा विद्युत् कटौती गर्न लागिएको हो । 

ट्राफिक प्रहरीले अभियानका रुपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि त्यसलाई हटाउन ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले पोल हटाइदिन प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । 

सडक विस्तार तथा चक्रपथ सुधार कार्यलाई व्यवस्थित बनाउन सहयोग गर्ने लक्ष्यका साथ आज दिनभर विद्युत् कटौती गर्न लागिएकाले आज दिनभर महाराजगञ्ज क्षेत्र प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार टोखा रोड ग्राण्डी, गंगालाल र न्यूरो अस्पताललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । यस्तै सामाखुसी चोक, टोखा रोड, टोखा बजारलगायत फिडरबाट वितरण भएका विद्युत्समेत कटौती हुनेछ । 

त्यसैगरी चक्रपथ चोक, धापासी, वसुन्धारा चोक आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ