३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गरिने

३० जेष्ठ २०८२, बिहीबार १६:०७
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको अध्यक्ष ढकालको सचिवालयले जनाएको छ ।
समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी गर्ने, तालिम, अनुसन्धान र क्षमता अभिवृद्धिका लागि संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवर्द्धनलाई जोड दिइने उल्लेख गरिएको छ ।
समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता दिनुका साथै दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका महासङ्घका अध्यक्ष ढकालले बताउनुभयो ।
सम्झौताअनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा सहयोग आदानप्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
क्याम्फेबाका उपाध्यक्ष लोरले महासङ्घ र क्याम्फेबाबीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना गर्नुका साथै बलियो सञ्जाल र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने अध्यक्ष ढकालको सचिवालयले जनाएको छ । उक्त सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू भई ९० दिनको सूचनामा रद्द गर्न सकिने प्रावधान रहेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाउनुका साथै समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
समझदारीपत्र हस्ताक्षर समारोहमा महासङ्घका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो । यो सम्झौताले दुई देशको व्यापार प्रवर्द्धन, व्यापारिक समुदायबीच सहकार्य र लगानी विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट