२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शिवनाथको नीति तथा कार्यक्रम सार्वजनिक

२०८२, ५ असार बिहीबार १५:३५
काठमाडौँ । जिल्लाको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १५औँ अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले ‘हाम्रो शिवनाथ, हामी बनाउँछौँ’ भन्ने नारासहित शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यले पालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताउनुभयो । पालिकाभित्र बोलिने भाषाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ ।
गाउँपालिकालाई पूर्णसंस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘एक वडा, एक खेलमैदान’को नीतिलाई निरन्तरता दिइने जनाइएको छ ।
आगामी वर्षमा गाउँपालिकाका छ वटा वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीयको खानेपानीमा पहुँच पुर्‍याउन आवश्यक नीति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिनुभयो । “न्यायिक समितिको कामलाई प्रविधिमैत्री बनाउने र कृषितर्फ विभिन्न कार्यक्रममा अनुदान दिने उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति