भदौ १९, काठमाडौं । सुन एक वर्ष यताकै महंगो भएको छ ।
पोहोर भदौमा सुनको भाउ तोलामा ५७ हजार रुपैयाँ पुगेको थियो । त्यसपछि क्रमश आरोलो लागेको सुन अलिहे फेरि बढेर त्यहि मूल्यमा पुगेको छ ।
आइतबार कायम भएको भाउमा दुई सय रुपैयाँले बढेर तोलामा सुन सोमबार ५७ हजार रुपैयाँमा पुगेको छ ।
यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८५ रुपैयाँ पुगेको छ । नेपालमा सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।