भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । 
३ माघ २०८२, शुक्रबार
अर्थ/विकास

विराटनगर महानगरमा अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक हुँदै

२० भाद्र २०७४, मंगलवार ०५:५७

भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । 

यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलोे हुने बताइएको छ । 

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार बजेटको प्राथमिकता पूर्वाधार विकासमा छ । 

खाल्टाखुल्टी सडक निर्माणका लागि वडाबाट योजनाको छनोट भएर आएको छ । बजेटमा एशियाली विकास बैंकबाट सञ्चालित विराटनगरको बृहत्तर ढल, नाला निर्माणको बजेट यस वर्षको बजेटमा समावेश गरिने छैन । 

महानगरपालिकाबाटै सञ्चालन हुने उक्त आयोजनाको बजेट विगतको परिषद्मा समावेश हुने गर्थ्यो । 

कोइरालाका अनुसार महानगरपालिकाले यस वर्षको अनुमानित बजेटमध्ये करिब रु एक अर्ब विकास बजेटमा छुट्याउनेछ । 

‘धुवाँधुलोमुक्त शहरको परिकल्पना’ भन्ने नारासहित महानगरपालिकाले सडक पूर्वाधारमा विशेष जोड दिने नीति बनाएको छ । विषयगत कार्यालयहरु पशु, कृषि, स्वास्थ्य र शिक्षाका कर्मचारीको प्रशासनिक खर्चमात्र यो बजेटमा समावेश हुनेछ । कोइरालाले विषयगत र महानगरपालिकाका कर्मचारीका लागि रु ५० करोड तलवमा खर्च हुने र बाँकी रकमले नगरको विकास गरिने बताउनुभयो । 

महानगरपालिका घोषणा हुनुअगावै सरकारले रु ८१ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिका हुँदै दिएको रकम महानगरपालिका घोषणा भएपनि थप गरिएन । 

यस्तै महानगरपालिकाको वार्षिक अनुमानित आम्दानी रु २७ करोड, सडक बोर्ड, पूर्वाधार विकास, समपूरक कोषबाट प्राप्त हुने रकम, नेपाल सरकारले दिने विशेष अनुदानलगायतबाट महानगरपालिकाले अनुमान गरेको बजेट रु एक अर्ब ६१ करोड हुने कार्यकारी अधिकृत कोइरालाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक