भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । 
२०८२, २९ फाल्गुन शुक्रबार
अर्थ/विकास

विराटनगर महानगरमा अहिलेसम्मकै ठूलो बजेट सार्वजनिक हुँदै

२०७४, २० भाद्र मंगलवार ०५:५७

भदौ २०, पथरी (मोरङ) | विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक रु एक अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । 

यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले यति ठूलो आकारको बजेट सार्वजनिक गर्न लागेको हो । सो बजेट अहिलेसम्मको ठूलोे हुने बताइएको छ । 

विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाका अनुसार बजेटको प्राथमिकता पूर्वाधार विकासमा छ । 

खाल्टाखुल्टी सडक निर्माणका लागि वडाबाट योजनाको छनोट भएर आएको छ । बजेटमा एशियाली विकास बैंकबाट सञ्चालित विराटनगरको बृहत्तर ढल, नाला निर्माणको बजेट यस वर्षको बजेटमा समावेश गरिने छैन । 

महानगरपालिकाबाटै सञ्चालन हुने उक्त आयोजनाको बजेट विगतको परिषद्मा समावेश हुने गर्थ्यो । 

कोइरालाका अनुसार महानगरपालिकाले यस वर्षको अनुमानित बजेटमध्ये करिब रु एक अर्ब विकास बजेटमा छुट्याउनेछ । 

‘धुवाँधुलोमुक्त शहरको परिकल्पना’ भन्ने नारासहित महानगरपालिकाले सडक पूर्वाधारमा विशेष जोड दिने नीति बनाएको छ । विषयगत कार्यालयहरु पशु, कृषि, स्वास्थ्य र शिक्षाका कर्मचारीको प्रशासनिक खर्चमात्र यो बजेटमा समावेश हुनेछ । कोइरालाले विषयगत र महानगरपालिकाका कर्मचारीका लागि रु ५० करोड तलवमा खर्च हुने र बाँकी रकमले नगरको विकास गरिने बताउनुभयो । 

महानगरपालिका घोषणा हुनुअगावै सरकारले रु ८१ करोड बजेट विनियोजन गरेको थियो । उपमहानगरपालिका हुँदै दिएको रकम महानगरपालिका घोषणा भएपनि थप गरिएन । 

यस्तै महानगरपालिकाको वार्षिक अनुमानित आम्दानी रु २७ करोड, सडक बोर्ड, पूर्वाधार विकास, समपूरक कोषबाट प्राप्त हुने रकम, नेपाल सरकारले दिने विशेष अनुदानलगायतबाट महानगरपालिकाले अनुमान गरेको बजेट रु एक अर्ब ६१ करोड हुने कार्यकारी अधिकृत कोइरालाको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न