२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हुम्लाका पाँच स्थानीय तहले ल्याए बजेट, दुई स्थानीय तह छलफलमै

११ असार २०८२, बुधबार १७:०९
काठमाडौं ।  सबै स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने व्यवस्थाअनुसार हुम्लाका पाँच गाउँपालिकाले बजेट ल्याएका छन् ।
हुम्लाको सदमुकाम सिमकोटले रु ६४ करोड ३६ लाख ७० हजार २०३ को अनुमानित बजेट ल्याएको छ । पुँजीगततर्फ रु २४ करोड आठ लाख ६९ हजार छ भने चालुतर्फ रु ४० करोड २८ लाख एक हजार २०३ रहेको छ ।
क्षेत्रगत रुपमा ल्याएको उक्त बजेटमा आर्थिक विकासमा रु २४ करोड आठ लाख ६९ हजार बजेट विनियोजन गरिएको छ भने सामाजिक विकासमा रु एक करोड नौ लाख ५० हजार, पुर्वाधार विकासमा रु १९ करोड ४६ लाख ६९ हजार, वन वातावरण र विपद्मा रु १७ लाख ८० हजार तथा सुशासन एवं सङ्गठनमा रु ७० लाख ३१ हजार विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।
नाम्खा गाउँपालिकाले पनि मंगलबार नै बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । उहाँका अनुसार पालिकाले रु ३७ करोड ६८ लाख ५० हजारको बजेट सभाबाट पारित गरेको बताउनुभयो ।
यस्तै खार्पुनाथ गाउँपालिकाले रु ४७ करोड ६४ हजार ४९९ को बजेट गाउँसभाबाट पारित गरेको छ । कुल बजेटमा पुँजीगततर्फ रु १९ करोड ८१ लाख पाँच हजार २६१ रहेको छ भने चालुतर्फ रु २७ करोड ८३ लाख ६४ हजार ४४९ रहेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो ।
सर्केगाड गाउँपालिकाले आगामी वर्षका लागि रु ५६ करोड ८३ लाख २९ हजार ६९२ बराबरको बजेट ल्याएकोे छ । त्यसमा चालुअन्तर्गत रु ३७ करोड ३३ लाख ७० हजार ६९२ र पुँजीगतअन्तर्गत रु १९ करोड ४९ लाख ५९ हजार विनियोजन गरिएको हो । यसमा कृषि उत्पादन वृद्धि, युवा स्वरोजगार, शिक्षा स्तरोन्नति, विपद् व्यवस्थापन तथा सडक पहुँच विस्तारमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो ।
यस्तै ताँजाकोट गाउँपालिकामामा आगामी आर्थिक वर्षका लागि रु ३६ करोड १५ लाख ९२ हजार ९२५ को बजेट पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले गाउँसभामा चालुतर्फ रु १८ करोड २३ लाख ९३ हजार ९२५ र पुँजीगत रु १७ करोड ९१ लाख ९९ हजार विनियोज गरिएका पेस गर्नुभएको छ । आज सभामा पेस गरिएको भए पनि भोलीदेखि निरन्तर गाउँसभाका सदस्यहरुको रायपश्चात् पारित गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत समिक्षा अधिकारीले बताउनुभयो ।
आज सभामा पेस गरेको नीति तथा कार्यक्रम पास भएको भए पनि आगामी आवको बजेट गाउँसभामा पेस भएको बताउँदै गाउँसभामा पेस गरिएकोे अनुमानित बजेटमा पुर्वाधार, शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिँदै शिक्षामा रु दुई करोड ५० लाख, स्वास्थ्यमा रु ५० लाख र पूर्वाधार विकासमा रु दुई करोड विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।
गाउँपालिकाले नयाँ कार्यक्रमको रुपमा दलित बस्ती उत्थान कार्यक्रममा सात वर्षका लागि रु ३५ लाख विनियोजन गरेको छ भने स्थानीय पूर्वाधार कार्यक्रम र गाउँपालिकाको सहलगानिमा हुने कार्यक्रमका लागि रु दुई करोड दुई लाख विनियोजन गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका र चङ्खेली गाउँपालिका बजेटको छलफलमै व्यस्त रहेका छन् । बजेट मङ्गलबार नै ल्याउने तयारी गरिएको भए पनि कार्यपालिकामा सहमति नजुट्दा बजेट ल्याउन नसकिएको बताइएको छ  ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला