भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । "/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महत्वपूर्ण जडीबुटी टिमुर लोप हुँदै

२०७४, २० भाद्र मंगलवार ०८:३९

भदौ २०, पाल्पा। महत्वपूर्ण जडीबुटीको रुपमा रहेको टिमुर लोप हुन थालेको छ । 

संरक्षण र प्रवद्र्धनमा ध्यान दिन नसक्दा वर्षेनी टिमुर लोप हुने थालेको हो । जथाभावी रुपमा हाँगा काटेर फल टिप्दा लोप हुने खतरा बढेको हो । यसको संरक्षणको अभियान सञ्चालन हुन सकेको छैन । 

आम्दानी मनग्य हुनथालेपछि किसान टिमुरतर्फ आकर्षित हुन थालेका छन् । निजी वनमा भन्दा सामुदायिक वनमा टिमुर प्रशस्त पाइन्छ । स्थानीय बजारमा टिमुरको मूल्य प्रति माना रु ३०० देखि रु ४०० पर्छ । टिमुर भदौदेखि कात्तिकसम्म टिपेर बेच्न सकिन्छ । 

रैनादेवी छहरा गाउँपालिका–४ का श्रीकृष्ण आत्रेयका अनुसार सामुदायिक वनमा टिमुर प्रशस्त पाइने भए पनि संरक्षण र प्रवद्र्धनमा ध्यान नपुग्दा लोप हुने अवस्थामा पुगेको छ । टिमुरको व्यावसायिक खेती हुन नसक्दा उत्पादन वर्षेनी घटेको छ । 

रैनादेवी छहरा गाउँपालिका–४ का तिलक थापा जथाभावी फँडानी गरेर टिप्दा टिमुर पहिलाजस्तो गरी बोट र फल नै देखिन छाडेको बताउनुहुन्छ । खेतबारीमा मात्र होइन अहिले वनमा समेत टिमुर कमै मात्रामा देख्न पाइने थापाको भनाइ छ । यहाँ उत्पादन भएको टिमुर रुपन्देही, कपिलवस्तु र नवलपरासीमा बिक्री गरिन्छ । 

रैनादेवी छहरा गाउँपालिका–६ मा टिमुर संरक्षणका लागि पकेट क्षेत्र बनाउने योजना रहेको सो गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । टिमुर खेतीका लागि रु एक लाखसम्म बजेट छुट्टयाएको उहाँले बताउनुभयो । 

टिमुरको बोक्रा तथा फल सेवनले अपच भएमा, हैजा, ग्याष्ट्रिक, पेटको गडबढी, जुका परेमा, कलेजोको लागि शक्तिवद्र्धक, पिसाब खुलाउन, कब्जियत, कप, पसिना निकाल्न, ज्वरो घटाउन, रगत सफा गर्न औषधिको रुपमा प्रयोग गरिन्छ । टिमुरलाई अचार तथा मसलको रुपमा प्रयोग गरिन्छ भने फल तथा पातको धुलो दात माँझ्नका लागि समेत प्रयोग हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न