२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ दिनमा ६ अर्ब रुपैयाँले घट्यो बैंकिङ प्रणालीको निक्षेप

२०८२, १२ असार बिहीबार १७:५०

काठमाडौँ । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनमा केही गिरावट देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार ८ र ९ गतेको तथ्यांकअनुसार बैंकिङ प्रणालीको कुल निक्षेप ६ अर्ब रुपैयाँले घटेको छ।

असार ७ गतेसम्म बैंकिङ प्रणालीमा कुल ७० खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेकोमा, असार ९ गतेसम्म घटेर ७० खर्ब २० अर्ब रुपैयाँमा झरेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि समान रूपमा ६ अर्बले घटेर ६२ खर्ब ८० अर्ब रुपैयाँमा सीमित भएको छ।

निक्षेपमा गिरावट देखिए पनि सो अवधिमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ। असार ८ गतेसम्म बैंकिङ प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो, जुन असार ९ मा बढेर ५५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।

यस्तै, वाणिज्य बैंकहरूबाट असार ८ मा ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिएको थियो, जुन असार ९ मा एक अर्बले बढेर ४९ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहँदा, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.२७ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता