२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको लामीडाँडा विमानस्थल विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

२०७४, २१ भाद्र बुधबार ०५:४०

भदौ २१,खोटाङ। जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । 

विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । 

गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ । 

भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्यावियन वाल भर्ने, धावन मार्गमा ग्राभेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले जानकारी दिनुभयो । “हामीले समयमै थालेर समयमै सक्ने गरी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागिपरेका छौँ ।” 

लामो समयसम्म कच्ची अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो । 

विमानस्थल कालोपत्रे थालिएसँगै गत वैशाखदेखि नै उडान तथा अवतरण अवरुद्ध भएको स्टेशन प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । निकै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि सबैभन्दा बढी अस्पतालले जिल्ला बाहिर पठाएका बिरामीलाई समस्या भएको छ । 

कालोपत्रे गर्नेक्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर परेको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुंगा र सोलुखुम्बुका स्थानीयले समेत सेवा लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित