३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङको लामीडाँडा विमानस्थल विमानस्थल कालोपत्रको काम तीव्रगतिमा

२१ भाद्र २०७४, बुधबार ०५:४०

भदौ २१,खोटाङ। जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रेको काम तीव्रगतिमा भइरहेको छ । 

विसं २०२८ देखि सञ्चालनमा आएको विमानस्थल कालोपत्रेको काम गत वैशाखदेखि शुरु गरिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्रे थालिएको विमानस्थलको काम अहिलेसम्म ३५ प्रतिशत सम्पन्न भइसकेको ठेकेदार कम्पनीले जनाएको छ । 

गत बर्ष असोज १७ गते सम्झौता भएको विमानस्थल कालोपत्रेका लागि प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार ८०९ रुपैयाँ ४९ पैसा लगानी रहेको छ । 

भौतिक निर्माणको काम भइरहेको विमानस्थलमा अहिले ग्यावियन वाल भर्ने, धावन मार्गमा ग्राभेलिङ गर्ने र आसपासमा नाली निर्माणको काम भइरहेको आयोजना प्रमुख इन्जिनियर विनेश मुनकर्मीले जानकारी दिनुभयो । “हामीले समयमै थालेर समयमै सक्ने गरी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “आगामी माघ मसान्तभित्र जसरी पनि सम्पन्न गर्ने तयारीमा लागिपरेका छौँ ।” 

लामो समयसम्म कच्ची अवस्थामै सञ्चालन भइरहेको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । विमानस्थल कालोपत्रे गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्स्ट्रक्सन प्रालिले साझेदारीमा लिएको हो । 

विमानस्थल कालोपत्रे थालिएसँगै गत वैशाखदेखि नै उडान तथा अवतरण अवरुद्ध भएको स्टेशन प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । निकै व्यस्त रहने लामीडाँडा विमानस्थलमा हवाई यातायात अवरुद्ध भएपछि सबैभन्दा बढी अस्पतालले जिल्ला बाहिर पठाएका बिरामीलाई समस्या भएको छ । 

कालोपत्रे गर्नेक्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर परेको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुंगा र सोलुखुम्बुका स्थानीयले समेत सेवा लिँदै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ