२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो,९ अर्ब भन्दा धेरैको कारोबार रकम

२०८२, १८ असार बुधबार १६:२०
काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेको छ । आज एक दशमलव २९ प्रतिशतको वृद्धिपछि नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १७ कम्पनीको तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयर ८९ हजार ४६८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार ३७५ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी जीवन बिमा समूह दुई दशमलव ८३, निर्जीवन बिमा दुई दशमलव ५१ र विकास बैंक समूह दुई दशमलव ३१ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ एक दशमलव ३६, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।
लगानी एक दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, लघुवित्त शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव शून्य छ, व्यापार एक दशमलव ७६ र अन्य समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । आज ‘नौ प्रतिशत आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ को शेयर मूल्य सबैभन्दा बढी तीन दशमलव ३१ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण