ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र ह"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिब्बतमा नेपाली हस्तकलाका सामानको व्यापार बढ्दै

२२ भाद्र २०७४, बिहीबार ०९:१८

ललित सिंह। भदौ२२, बझाङ । सदरमुकाम चैनपुरदेखि करिब सात दिन पैदल यात्रा गरी पुगिने काँडा गाविससँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट बजारमा नेपाली फुरु र हस्तकलाका सामानको व्यापार बढ्दै गएको छ । 

हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यसलाई तिब्बतमा ‘उडेन कप’को नामले चिनिन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ र लामा जातिको पुख्र्यौली पेशा बन्दै आएको व्यापारी कल्पना तामाङ बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “एक फुरुको रु पाँच हजारदेखि रु १५ हजारसम्म मूल्य पाइन्छ ।” कृषि पेशा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका अधिकांश व्यापारी अहिले ताक्लाकोटमा पसल खोलेर बसेका छन् । 

ताक्लाकोट बजारमा नेपालीले वर्षौंदेखि हस्तकलाका सामान, फुरु, गलैँचा, जडीबुटीलगायत सामान बिक्री गर्दैआएका छन् । उनीहरुले चिनियाँ बजारबाट दैनिक उपभोग्यका सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका छन् । 

“पहिला त्यति सजिलैसँग फुरु बिक्री हुँदैनथ्यो, ताक्लाकोट बजारमा नेपाली हस्तकलाका सामानमा त्यहाँकोे स्थानीय सरकारले भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको हो,” नेपाल–चीन उद्योग व्यापार सङ्घका सचिव मैहिमान तामाङले भन्नुभयो । उहाँले वार्षिक करोडौँको फुरु बिक्री हुने गरेको बताउनुभयो । 

बझाङबाट यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँलेलगायत जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ । यस्तै निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानीलगायतका दैनिक उपभोग्य सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरेको काँडा गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । 


ताक्लाकोटबाट तिब्बती ब्राण्डको मदिरा आयात हुने गरेको छ । सोही मात्रामा लत्ताकपडा र दैनिक उपभोग्य सामान तिब्बतको उरैभञ्ज्याङ नाका भएर भित्रिने गरेको छ । काँडा गाउँपालिकाका अधिकांश बासिन्दाले ताक्लाकोटबाटै कारोबार गर्ने गरेका अध्यक्ष धामी बताउनुहुन्छ । बझाङ, दार्चुला र मुगुबाट होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोटलगायत बजारमा बिक्री गर्दै आएका व्यापारी पासाङ लामाले बताउनुभयो । 

नेपाल सरकारले कृषि र पशुजन्य उत्पादनलाई ताक्लाकोटमा सहज पहुँचका लागि पहल गरिदिए सीमावर्ती जिल्लाका बासिन्दा आर्थिक रुपमा समृद्ध हुने लामाको भनाइ छ । तिब्बतमा चुरोट, रक्सी र गुट्खाजस्ता सामान सजिलै निर्यात गर्न दिए पनि तरकारीमा कडाइ गर्ने गरिएको छ । 

ताक्लाकोट नजिकै हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर रहेको छ । भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ । हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्जाङ नाका भएर वर्षेनी अर्बाको आर्थिक कारोबार हुने गरेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक