भदौ ३१, काठमाडौं | नेपाल राष्ट्र बैंकले बिभिन्न देशको विनिमय दर दैनिक तोक्ने गरेको छ । यसै अनुरुप आजको दररेट अनुसार अघिल्लो दिनको तुलनामा मलेसियन, कतार, युएई, कुवेत र बहराइनको मूल्य बढेको छ ।
आज मलेसियन रिंगिटको मूल्य आज १ को खरिददर २४ रुपैयाँ ४० पैसा र विक्रिदर २४ रुपैयाँ ५४ रहेको छ । त्यस्तै १ साउदी रियालको खरिददर २७ रुपैयाँ २६ पैसा र विक्रिदर २७ रुपैयाँ ४२ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर २८ रुपैयाँ ०७ पैसा र विक्रिदर २८ रुपैयाँ २३ पैसा रहेको छ ।
यता युएईको दिर्हाम १ को खरिददर २७ रुपैयाँ ८३ पैसा र विक्रिदर २७ रुपैयाँ ९९ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ०४ पैसा र विक्रिदर ९ रुपैयाँ ९ पैसा रहेको छ ।
त्यस्तै १ कुवेती डीनारको खरिददर ३ सय ३९ रुपैयाँ २२ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै १ बहराइन डीनारको खरिददर २ सय ७० रुपैयाँ ९४ पैसा र विक्रिदर २ सय ७२ रुपैयाँ ५३ पैसा रहेको छ ।
आज अमेरिकी डलरको भाउ भने १ डलरको खरीददर १०२ रुपयाँ २२ पैसा छ भने बिक्रीदर १०२ रुपयाँ ८२ पैसा छ । त्यस्तै आज १ युरो बराबर खरिददर १२२ रुपयाँ २१ पैसा र बिक्रीदर १२२ रुपयाँ ९३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।