३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैँका लागि भेडाच्याङ्ग्रा निकासी हुन थाले

३१ भाद्र २०७४, शनिबार ०९:२५


भदौ ३१, म्याग्दी । हिन्दू नेपालीको महान् पर्व दशैँ तिहार नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी हुन थालेको छ । 

बेनी–जोमसोम सडक मार्ग भएर म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन र राजधानी काठमाडौँको बजारमा बिक्रीका लागि भेडाच्याङ्ग्रा निकासी गर्न थालिएको हो । मुस्ताङबाट शुक्रबारदेखि भेडाच्याङ्ग्रा निकासी शुरु भएको जनाइएको छ । 

भेडाच्याङ्ग्रा खरिदका लागि विभिन्न ठाउँका व्यापारी मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । कृषकले आफूले पालेका भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएका छन् भने देशका विभिन्न ठाउँका व्यापारी खरिदका लागि त्यहाँ पुगेका छन् । बेनी–जोमसोम सडक भएर दैनिक सयौँको संख्यामा भेडाच्याङ्ग्रा निकासी भइरहेको छ । 

दशैँ तिहारको समयमा मासुका लागि भेडाच्याङ्ग्राको माग हुने गर्छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिने भएकाले दशैँ तिहारको बेलामा यसको खपत र बिक्री बढ्ने गरेको छ । 

मुस्ताङबाट भेडाच्याङ्ग्रा ल्याएर शुक्रबार पोखरेबगर आइपुगेका रोल्पाका व्यापारी मानसिङ बुढाले एउटा भेडा (च्यालु)लाई रु १९ हजार र च्याङ्ग्रालाई रु २५ देखि ३२ हजारसम्ममा खरिद बिक्री भइरहेको बताउनुभयो । 

यस वर्ष मुस्ताङबाट करिब २० हजार भेडाच्याङ्ग्रा निकासी हुने जिल्ला पशु सेवा कार्यालयको अनुमान छ । मुस्ताङका कृषकले पालेका भेडाच्याङ्ग्रा बजारमा पठाउने क्रम शुरु भएको कार्यालयका योजना अधिकृत आइतबहादुर थकालीले बताउनुभयो । 

खाद्य संस्थानले पनि मुस्ताङबाट दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लैजाने भएको छ । जोमसोमदेखि बेनीसम्म हिँडाएर ल्याउने भेडाच्याङ्ग्रा बेनीदेखि ट्रकमा राखेर बजारसम्म पु¥याउने गरिएको छ । 

भेडाच्याङ्ग्रा खरिद गर्नका लागि खाद्य संस्थानको टोली जोमसोम पुगिसकेको छ । गत वर्ष मुस्ताङका कृषकले १३ हजार भेडा र आठ हजार च्याङ्ग्रा निकासी गरेर रु २७ करोड आम्दानी गरेका थिए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ