चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गर"/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसी तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड २९ लाख ४८ हजार १ सय १०

३१ भाद्र २०७४, शनिबार १६:५०

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाले सबै भन्दा धेरै बजेट सडकमा २ करोड १५ लाख बिनियोजन गरेको छ भने, वडागत बजेटमा  सबै भन्दा धेरै वडा नं. ५ दुर्छिम क्षेत्रलाई ५८ लाख ५० हजार बिनियोजन गरेको छ ।

नगर सभाले बिधुत, कृषि तथा स्वास्थ्य, पर्यटन प्रर्बदन तथा अध्ययन अनुसन्धान, सडक सिंचाई, मेशिन तथा सवारी, यूवा उद्यमी, सामी, भाषा साहित्य कला संस्कृति, दलित, जेष्ठ नागरिक र अपाङ्ग,  महिला, हलेसी सोलार, नगर प्रोफाईल, मर्मत सम्भार कोष, एकल महिला, शिक्षा, खानेपानी, गम्भिर रोग, नगर प्रबेशद्धार र खेलकुद शीर्षकमा बजेट बिनियोजन गरेको छ ।

हलेसी तुवाचुङको नगर सभाले नयाँ शीर्षक अन्तर्गत बैदेशीक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सामी परियोजनालाई ३ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै हलेसी महादेबस्थान भएको नगरपालिका भएकोले सभाले पर्यटन प्रर्बदन तथा अध्यन अनुसन्धानको लागि १५ लाख बिनियोजन गरेको छ ।

नगर सभाले निर्शत बजेटमा २५ प्रतिशतको २३ करोड ३५ लाख ३९ हजार चालु तर्फ बिनियोजन गरेको छ । निर्शत पुँजिगत तर्फ कुल बजेटको ७५ प्रतिशतको १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ बिनियोजन गरेको छ ।

सभा नयाँ संरचनामा सञ्चालन गरिएको थियो, सभामा प्रमुख अतिथि, बिषेश अतिथि कोहिलाई पनि बनाईएको थिएन । सभामा पत्रकार, नगर सभाका सदस्यहरु र कर्मचारीहरुलाई मात्र निमण्त्रणा गरिएको थियो ।

सभाको सभाध्यक्ष नगरप्रमुख ईवन राई रहनु भएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिकाका कार्यकारी प्रमुख अनिल किराँतीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ