चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गर"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हलेसी तुवाचुङ नगरपालिकाको बजेट ४१ करोड २९ लाख ४८ हजार १ सय १०

२०७४, ३१ भाद्र शनिबार १६:५०

चिसाङ शेर्पा | भदौ ३१, खोटाङ | खोटाङको हलेसी तुवाचुङ नगरपालिकको शनिबार सम्पन्न प्रथम नगर सभाले ४१ करोड २९ लाख ४८ हजार १ सय १० बिनियोजन गर्दै बजेट निति तथा कार्यक्रम पारित गरेको छ ।

नगरसभाले सबै भन्दा धेरै बजेट सडकमा २ करोड १५ लाख बिनियोजन गरेको छ भने, वडागत बजेटमा  सबै भन्दा धेरै वडा नं. ५ दुर्छिम क्षेत्रलाई ५८ लाख ५० हजार बिनियोजन गरेको छ ।

नगर सभाले बिधुत, कृषि तथा स्वास्थ्य, पर्यटन प्रर्बदन तथा अध्ययन अनुसन्धान, सडक सिंचाई, मेशिन तथा सवारी, यूवा उद्यमी, सामी, भाषा साहित्य कला संस्कृति, दलित, जेष्ठ नागरिक र अपाङ्ग,  महिला, हलेसी सोलार, नगर प्रोफाईल, मर्मत सम्भार कोष, एकल महिला, शिक्षा, खानेपानी, गम्भिर रोग, नगर प्रबेशद्धार र खेलकुद शीर्षकमा बजेट बिनियोजन गरेको छ ।

हलेसी तुवाचुङको नगर सभाले नयाँ शीर्षक अन्तर्गत बैदेशीक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सामी परियोजनालाई ३ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै हलेसी महादेबस्थान भएको नगरपालिका भएकोले सभाले पर्यटन प्रर्बदन तथा अध्यन अनुसन्धानको लागि १५ लाख बिनियोजन गरेको छ ।

नगर सभाले निर्शत बजेटमा २५ प्रतिशतको २३ करोड ३५ लाख ३९ हजार चालु तर्फ बिनियोजन गरेको छ । निर्शत पुँजिगत तर्फ कुल बजेटको ७५ प्रतिशतको १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ बिनियोजन गरेको छ ।

सभा नयाँ संरचनामा सञ्चालन गरिएको थियो, सभामा प्रमुख अतिथि, बिषेश अतिथि कोहिलाई पनि बनाईएको थिएन । सभामा पत्रकार, नगर सभाका सदस्यहरु र कर्मचारीहरुलाई मात्र निमण्त्रणा गरिएको थियो ।

सभाको सभाध्यक्ष नगरप्रमुख ईवन राई रहनु भएको थियो भने कार्यक्रम सञ्चालन नगरपालिकाका कार्यकारी प्रमुख अनिल किराँतीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव