३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थप १२ वटा उत्तरी नाका खुलाउन बुधबार सम्झौता

४ आश्विन २०७४, बुधबार १०:४९

असोज ४, डोटी। नेपाल र चीनबीचका थप १२ नाका खुलाउन दुई देशबीच बुधबार सम्झौता हुँदैछ । चिनियाँ सडक प्रयोग गरेर नेपालको हिमाली जिल्लाहरुमा पनि सामान ढुवानी गर्न सकिने गरी १२ नाका खोल्ने विषय समेटिएको प्रोटोकलमा सम्झौता हुन लागेको हो । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर बलायरले चिनियाँ राजदूत यू होङलाई मन्त्रालयमा नै बोलाएर नेपालकालागि उक्त १२ नाकाको आवश्यकताको विषयमा जानकारी दिएका थिए ।

अहिले सरकारले प्रस्ताव गरेको प्रोटोकलमा रसुवागढीदेखि दार्चुलासम्मका विभिन्न १२ नाकाहरुमा सामान लैजानको लागि नेपालले चीनले आफ्नो मुलुकमा बनाएको सडक प्रयोग गर्न सक्ने व्यवस्था सहितको प्रस्ताव गरेको छ । यस विषयमा आफूले राजदूतसँग कुराकानी गरेको र सो विषयलाई सकारात्मक रुपमा लिँदै यसलाई पारित गराउनको लागि आफूले चीन सरकारसँग प्रस्ताव गर्ने आश्वासन दिएको मन्त्री बलायरले जानकारी दिए ।

अहिले यही विषयमा छलफल गर्नको लागि चिनियाँ सरोकारवाला मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिमण्डल नेपालमा आएका छन् । नेपाल र चीनबीच यो विषयमा बुधबार विस्तृत छलफल हुँदैछ । सोही दिन ती नाकाहरु खोल्नको लागि संशोधित प्रोटोकलमा हस्ताक्षर हुने भएको छ ।

उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार नेपाल आएका हुन् । सो प्रोटोगलमा नेपालले प्रस्ताव गरे अनुसार तल उल्लेखित १२ नाका खोल्नुका अतिरिक्त बोर्डरको चिनियाँ राजमार्ग कार्गो ढुवानीका लागि नेपालले प्रयोग गर्न सक्ने प्रयास गरिएको छ । यो प्रोटोकलमा हस्ताक्षर भएसँगै ढुवानीका कारण नेपालको हिमाली जिल्लाहरु विकासमा पछि पर्ने अवस्था नहुने र चीनसँगको व्यापारमा पनि बृद्धि हुने अपेक्षा लिईएको छ ।

अहिले चीनसँग प्रोटोकल सम्झौता भएका नाकाहरु

खासा यारी – यारी

खासा – रसुवागढी

खासा – ओलाङचुङ्गोला

चीनसँग प्रोटोकल सम्झौतामा प्रस्ताव गरिएका नाकाहरु

रसुवागढी – हिल्सा

रसुवागढी – कोराला

खासा – कोराला

रसुवागढी – डोल्पा

खासा – डोल्पा

रसुवागढी– डोल्पा

खासा – डोल्पा

रसुवागढी – दार्चुला

खासा – दार्चुला

रसुवागढी – बझाङ (ताक्लाकोट)

खासा – बझाङ (ताक्लाकोट)

रसुवागढी – ओलाङचुङ्गोला

रसुवागढी – किमाङ्थाङ्का(संखुवासभा)  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ