२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वर्षातको समयमा अवरुद्ध बैतडीका ग्रामीण सडक सञ्चालनमा

२०७४, ५ आश्विन बिहीबार ०४:१७

असोज ५, बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ का केशवबहादुर विष्टलाई गाउँमा सञ्चालन गरेको पसलमा सामग्री पु¥याउन हिजोआज निकै सजिलो भएको छ ।

वर्षातको समयमा अवरुद्ध भएको सतबाँझ–श्रीभावर सडक सञ्चालन भएपछि उनलाई सामग्री पु¥याउन सजिलो भएको हो । उनले भने, ‘वर्षात्को समयमा पसलमा सामग्री पु¥याउन निकै समस्या भएको थियो । सडक पनि अवरुद्ध थियो । भाडा बढी तिर्नुपर्दा सामग्री महंगो थियो । दसैंको मुखमा सडकमा गाडी चल्दा सजिलो भएको छ ।’

जिल्लाका कच्ची सडकमा गाडी चल्न थालेपछि दसैंका लागि घर फर्कने नागरिकलाई पनि सजिलो भएको छ । जिल्लामा रहेका झन्डै एक दर्जन कच्ची सडक भदौ दोस्रो सातादेखि सञ्चालनमा आएका महाकाली जीप काउन्टर सतबाँझका इन्चार्ज कर्णबहादुर पाण्डे (काजी) ले बताएका छन् । उनले भने, ‘वर्षात् रोकिएसँगै कच्ची सडकमा गाडी चल्न थालेका छन् । दसैंका लागि विभिन्न ठाउँमा जाने नागरिकलाई सजिलो भएको छ ।’

वर्षाको समयमा अवरुद्ध भएका जिल्लाका पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, बिफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट सडक सञ्चालनमा आएका

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताएका छन् । यस्तै सतबाँझ–श्रीभावर, देहीमान्डौं–गिरगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल, मुस्याचोर–वसन्तपुर सडक सञ्चालनमा आएका उनले बताएका छन् ।

पाटन–पञ्चेश्वर र ढोल्यामोड–हाट सडकमा बस नै सञ्चालनमा आएका छन् भने अन्य ग्रामीण कच्ची सडकमा जिप सञ्चालन भइरहेको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाको पुरचौंडी क्षेत्र र तल्लोसोराड क्षेत्रमा गाडी सञ्चालनमा आएसँगै दसैंका लागि घर फर्कनेको लर्को लाग्ने गरेको छ । जिल्लाको पुरचौंडी क्षेत्र र तल्लोसोराड क्षेत्रमा गाडी सञ्चालनमा आएसँगै दसैंका लागि घर फर्कनेको लर्को लाग्ने गरेको छ । ढोल्यामोड–हाट सडक सञ्चालनमा आएपछि पुरचौडी नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा सामग्री ढुवानीका लागि व्यापारीलाई सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ