२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोकमार्गले कसैलाई हर्सित बनायो, कसैलाई उठिबास !

२०७४, ५ आश्विन बिहीबार ०९:०५

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। गाउँलाई सोह्र फन्को मारेर मध्यपहाडी लोकमार्गको निर्माण हुँदै गर्दा फेदाप गाउँपालिका–२, ओयाक्जुङका ५८ वर्षे गजलाल दुलाल निकै हर्षित हुनुहुन्थ्यो । घरछेउ हुँदै गएको लोकमार्गको निर्माणलाई हेर्दा उहाँलाई त्यतिबेला गाउँको विकासको गति शुरु भएछ भन्ने लागेको थियो । तर सडकले विकास होइन उहाँ जस्ता धेरै किसानको ठूलै विनाश गरिदिएको छ । 

नेपाल–भारत सीमा क्षेत्र पाँचथरको चियोभञ्ज्याङदेखि महाकाली नदी बैतडीको झुलाघाटसम्म जोड्ने यो सडक निर्माण गर्दा जिल्लाका सयौँ किसानको खेतबारी पहिरोमा परिणत भएको छ । कतिपय ठाउँमा घरमाथि निर्माण भएका सडकबाट बग्ने पानीले पहिरोको रुप लिएको छ । खेतबारी बीचबाटै निर्माण भएको लोकमार्गले खेतबारी नै बगाउन थालेपछि उनीहरुको उठिबास लाग्न थालेको हो । लोकमार्ग निर्माण गर्ने ठेकेदारले सडक निर्माण गर्दा नाली नबनाएकाले बर्खाको भेलबाढी पसाउन आँटेको धान खेतमा पसेर बगर बनाइदिएको दुलालले बताउनुभयो । 

साहुको खेत कूतमा रोप्नुभएका दुलालको २१ मुरी धान फल्ने खेतलाई मध्यपहाडी सडकको भेलबाढी पसेर बगर बनाइदिएको छ । परिवार पाल्ने धानखेत सबै बगाएपछि उहाँ अहिले निराश हुनुहुन्छ । “खेत सबै बगायो,” बगर बनेको धानखेत देखाउँदै उहाँले भन्नुभयोे – “साहुलाई कसरी कूत बुझाउने, परिवारलाई के खुवाउने ?” ते¥ह जनाको परिवार पाल्ने धानखेत आधाभन्दा बढी बाढीले बगर बनाइदिएपछि उहाँ चिन्तित हुनुहुन्छ । “लोकमार्गअन्तर्गत नै फराकिलो सडक निर्माण गर्दा थोरै मात्र भएको खेतबारी पनि कटौती भयो, गाउँको विकास हो भनेर मुआब्जा पनि खोजी गरिएन,” ओयाक्जुङकै अग्निबहादुर दर्जीले भन्नुभयो – “अहिले सडककै कारण पहिरोले बाँकी बारी र घरसमेत जोखिममा पारेपछि सुकुम्वासी जस्तै भएका छौं ।” 

दर्जीको करिब नौ रोपनी जमिन सडक निर्माण गर्दा मासिएको थियो । धान, मकै फल्ने खेतबारीमा सडक बनेपछि परिवारलाई खान, लगाउन समस्या भएको उहाँले दुखेसो गर्नुभयो । घरमुनिबाट गएको सडकमा पहिरो चलेकाले बास बस्ने घरपालीसमेत बगाउन आँटेको दर्जीले पीडा सुनाउनुभयो । “अन्न फल्ने खेतबारी त लग्यो–लग्यो,” पहिरोले बगाउन आँटेको घरतर्फ देखाउँदै दर्जीले भन्नुभयो – “बास बस्ने घरपाली पनि सडकमै मिसाउने भयो । अब के गर्ने होला ?” 

लोकमार्गकै कारण घर र खेतबारी नै मास्सिएर आफू सुकुम्बासी बन्न थालेको उहाँले बताउनुभयो । लोकमार्गले विकास होइन विनाश ल्याएको उहाँको बुझाइ छ । घरको करेसालाई छोएर गएको मध्यपहाडी लोकमार्गमा आएको पहिरोले सोही गाउँका ३६ वर्षीय लालबहादुर श्रेष्ठको पनि धान फल्ने तीन रोपनी खेत पुरिदिएको छ । सडक निर्माणताका पनि आफूहरूको धेरै जमिन कटानमा परेको र निर्माणपछि पनि बर्खाको भलबाढी व्यवस्थित नगर्दा पाक्न आँटेको अन्नबाली सबै बगाएको श्रेष्ठले बताउनुभयो । अन्न फल्ने धेरै किसानको खेतबारी सडकमा भेल बनेर आएको बाढीले बगर बनाइएिको उहाँले बताउनुभयो । गाउँ माझबाट आएको लोकमार्ग निर्माण गर्दा मुआब्जा दाबी नगरेका यहाँका धेरै किसानले सडककै लापरबाहीका कारण आफूहरूको उठिबास भएको भन्दै अहिले मुआब्जा दाबी गरिरहेका छन् । 

सडक निर्माण गर्ने ठेकेदारले ठूला मेसिन प्रयोग गरी सडक खनेको र छेउभित्तामा वाल, टेवा, पर्खाल, ड्रेनलगायत निर्माणमा ढिलाइ हुँदा सडक दायाँ–बायाँको हजारौँ रोपनी खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले सडक निर्माण गर्दा सडकले ओगटेको जमिनको पनि मुआब्जा नदिएको र निर्माणपछि पहिरो र बाढीले पु¥याएको क्षतिपूर्तिसमेत नदिँदा यहाँका धेरै किसान मारमा परेको स्थानीय एवं पूर्वजिविस सदस्य अम्बिकाप्रसाद दुलालले बताउनुभयो । लोकमार्ग निर्माण गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेकाले जताजतै पहिरो बगिरहेको स्थानीयवासीको आरोप छ । 

यसपालिको वर्षाका कारण लोकमार्गको तेह्रथुम खण्डमा मात्र सयौँ ठाउँमा पहिरो खसेको स्थानीयवासीको भनाइ छ । अधिकांश ठाउँमा सडक निर्माण गर्दा नाली व्यवस्थापन पनि सँगसँगै नहुँदा बर्खामा परेको पानी जम्मा भएर सडक बीचमै खोल्सीसरह बनेपछि बढी क्षति गरेको इसिबुका पुरुषोत्तम तिम्सिनाले बताउनुभयो । लोकमार्गको बाटो निर्माण गर्दा बसोबास गरिरहेको घर परेमा मात्र ‘थोरै–धेरै’ मुआब्जा दिने र जग्गा जमिनको मुआब्जा दिने नीति नरहेको आयोजनाले जनाएको छ ।    रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन