२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङमा म्याद नागेका खाद्यन्न सामग्री जलाएर नस्ट, २९ प्रकारका खाद्य वस्तु जलाइयो

२०७४, ११ आश्विन बुधबार ०२:२१

चिसाङ शेर्पा | असोज ११, खोटाङ | जिल्ला प्रशासन कार्यालय खोटाङको अनुगमन टोलीले अनुगमनको क्रममा फेला पारेको म्याद नागेका खाद्यन्न बस्तुहरु बुधबार जलाएर नस्ट गरेको छ ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले खोटाङको सदरमुकाम दिक्तेल बजारमा छड्के अनुगमनको क्रममा बजारका बिभिन्न पसलहरुमा फेला पारेको समयअबधी सकिएको बिस्कुट, चाउचाउ, ससजस्ता २९ प्रकारका खाद्य बस्तुहरु जिल्ला प्रशासन कार्यालको परिसरमा जलाएर नस्ट गरिएको प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारीले बताउनु भयो ।

जिल्ला सदरमुकाम दिक्तेल बजारमा जिल्ला प्रशासन कार्यालयको तीन अनुगमण टोली बनाई बजारको २५ वटा खुद्रा पसलबाट २ सय किलोग्राम सामाग्री बरामत गरेको सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुबेदीले बताउनुभयो । 


सहायक प्रमुख जिल्ला अधिकारी सुबेदीका अनुसार ब्यापारीहरुले उक्त म्याद नाघेका खाद्य बस्तुहरु ग्राहकहरुलाई बेच्न प्रयोजनको लागि राखेको अबस्थामा फेला पारिएको हो । फेला पारिएका बस्तुहरु डेढ बर्ष देखि तीन महिना अगाडी म्याद सकिएको पाईएको सहायक प्रजिअ सुबेदीले बताउनु भयो । 

प्रमुख जिल्ला अधिकारीका अनुसार यस्तो अनुगमण यो दशै तिहारको बेलामात्र नगरेर नियमित गरिने बताउनु भएको छ । यस्तो अनुगमण बिषयगत समेत गरिने भएको छ भने आगामी दिनमा औषधी लगायत अन्य बस्तुहरुको पनि छिटै अनुगमन गरिने बताईएको छ । 

माथिको तश्विरमा : अनुगमनको क्रममा म्याद नाघेका खाद्यन्न जिल्ला प्रशासन कार्यालयको परिसरमा जलाएर नस्ट गर्दै । तस्विर: चिसाङ शेर्पा /सास/ खोटाङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो