२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् ७ प्रदेशका ५७ पिछडिएका स्थानीय तह (सुची सहित)

२०७४, २६ आश्विन बिहीबार १२:१५

असोज २६, काठमाडौँ | सरकारले प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ ।

साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ । आयोगले सिट घोषणा गर्दा नै यसको संख्या तोकिनेछ ।

हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।

कुन कुन हुन् पिछडिएको स्थानीय तहहरु ?

सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । 

प्रदेश १ 

१. संखुवासभा – भोटेखोला गाउँपालिका 

२. पाँचथर – तुम्वेवा गाउँपालिका 

प्रदेश २ 

३. सर्लाही – धनकौल गाउँपालिका 

४. सर्लाही – बसबरिया गाउँपालिका

५. सर्लाही – बिष्णु गाउँपालिका

६. रौतहट – राजपुर नगरपालिका 

प्रदेश ३ 

७. सिन्धुली – हरीहरपुरगढी गाउँपालिका

८. सिन्धुली – मरिण गाउँपालिका

प्रदेश ४ 

९. मुस्ताङ – लोमान्थाङ गाउँपालिका

प्रदेश ५

१०. बाँके – तरैनापुर गाउँपालिका

प्रदेश ६ 

यस स्थानीय तहमा  ३० वटा स्थानीय तह सबैभन्दा पिछडिएको क्षेत्रको सुचिमा परेका छन् । 

११. डोल्पा – डोल्पो बुद्ध गाउँपालिका 

१२. डोल्पा – शे – फोक्सुण्डो गाउँपालिका 

१३. डोल्पा – छार्का ताङसोङ गाउँपालिका   

१४. दैलेख – भैरवी गाउँपालिका 

१५. कालिकोट – माहाबै गाउँपालिका 

१६. जाजरकोट – जुनिचांदे गाउँपालिका 

१७. जाजरकोट – बारेकोट गाउँपालिका 

१८. दैलेख – चामुण्डा बिन्दासैनी नगरपालिका 

१९. मुगु – मुगु कोमरोंग गाउँपालिका 

२०. हुम्ला – सार्केगाढ गाउँपालिका 

२१. सल्यान – दार्मा गाउँपालिका 

२२. हुम्ला – चर्खेली गाउँपालिका  

२३. कालिकोट – पलाता गाउँपालिका  

२४. सल्यान – कुमाख्रमालिका गाउँपालिका  

२५. कालिकोट – नरहरीनाथ नगरपालिका 

२६. हुम्ला – अदानचुली गाउँपालिका  

२७. दैलेख – आठबिस नगरपालिका  

२८. दैलेख – ठाटीकाँध गाउँपालिका 

२९. हुम्ला – ताजाकोट गाउँपालिका  

३०. जाजरकोट – कुसे गाउँपालिका 

३१. सुर्खेत – चौकुने गाउँपालिका  

३२. जाजरकोट – शिवालय गाउँपालिका  

३३. सल्यान – बनगाड कुपिन्ड़े नगरपालिका 

३४. जाजरकोट – छेडागाड नगरपालिका 

३५. दैलेख – दुल्लु नगरपालिका 

३६. रुकुम – पुथा उत्तरगङ्गा गाउँपालिका 

३७. सुर्खेत – बराहताल गाउँपालिका 

३८. सल्यान – कालिमाटी गाउँपालिका 

३९. डोल्पा – मुड्केचुला गाउँपालिका 

४०. कालिकोट – कालिका गाउँपालिका 

प्रदेश ७ 

यो प्रदेश अन्तर्गत १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।

४१. बझांग – काँडा गाउँपालिका  

४२. अछाम – कमलबजार गाउँपालिका  

४३. अछाम – ढकारी गाउँपालिका 

४४. बझांग – यीत्थङचिर  गाउँपालिका 

४५. बाजुरा – हिमाली  गाउँपालिका 

४६. अछाम – तुर्माखांद  गाउँपालिका  

४७. बझांग – सुरमा  गाउँपालिका  

४८. बझांग – केदारस्यु  गाउँपालिका  

४९. कैलाली – मोहन्याल  गाउँपालिका  

५०. बझांग – बुंगल नगरपालिका 

५१. बैतडी – शिवनाथ  गाउँपालिका  

५२. बाजुरा – स्वामीकार्तिक  गाउँपालिका  

५३. डोटी – आदर्श  गाउँपालिका  

५४. डोटी – पूर्वीचौकी  गाउँपालिका  

५५. बझांग – दुर्गाथाली  गाउँपालिका  

५६. अछाम – पंचदेवल विनाव नगरपालिका 

५७. अछाम – चौरपाटी  गाउँपालिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित