प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पा"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना, यस्ता छन् योजना

२८ आश्विन २०७४, शनिबार ०८:४२

प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पुर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको हो । 

सक्रान्तिबजारलाई स्वच्छ, सफा, हराभरा र भौतिक पुर्वाधारले सुविधायुक्त बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने गुरुयोजनाको प्राथमिकता रहेको छ । बजारमा खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणा, व्यवस्थित बसपार्क, सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण, सिँचाइका लागि सडक क्षेत्रमा ड्रेन निर्माण लगायत योजनाहरु गुरुयोजनामा समेटिएका छन् । 

गुरुयोजनामा पर्यटक लक्षित सडक विकासकै लागि संक्रान्तिबजार–खाम्लालुङ हुँदै सोबुवा देउरालीदेखि गुफापोखरी सडक निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ । सुक्खायाममा आकाशेपानी संकलन, विद्युत् लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूग्ध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड समेत गुरुयोजनामा समेटिएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

आगलागीबाट क्षत्विक्षत् बनेको सक्रान्तिबजारलाई व्यवस्थित र सुन्दर बनाउनका लागि भौतिक योजना तथा शहरी विकास शाखाले गुरुयोजना निर्माण गरेको हो । गुरुयोजनामा गाउँपालिकाले प्राथमिकतामा राखेका योजनाहरु समेत समेटिएकाले आठराईको विकासकालागि गुरुयोजना कोशे ढुंगा सावित हुने गाउँपालिकाका अध्यक्ष लिम्बुले बताउनुभयो । 

पहिलो वर्ष संक्रान्तिबजार नजिकै रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाउन लगानी गरिने भएको छ । गढीसम्म पुग्न फुट ट्रयाक निर्माण, विश्रामस्थल सहितको भ्यु–टावर लगायत पुर्वाधार निर्माण गरी याकुम्बा गढीलाई आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाइने उहाँले बताउनुभयो । त्यसका लागि गाउँपालिकाको लगत्तै हुने गाउँसभाले बजेट व्यवस्थापन गर्नेछ । 

अन्य पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि योजना तयार गरी भौतिक पुर्वाधार तथा शहरी विकास शाखामा पठाइएको समेत अध्यक्ष लिम्बुले बताउनुभयो । याकुम्बा गढी आठराईकै प्रमुख पर्यटकीय सम्भावना बाकेको क्षेत्र हो । १३ प्रजातिका गुराँस फुल्ने यो डाँडा नजिकै पाथीभरा देवीको मन्दिर छ । सक्रान्तिबजारदेखि करिब आधा घण्टाको पैदल दुरीमा रहेको याकुम्बा गढीसम्म पुग्न अहिले राम्रो फुट ट्रयाक समेत छैन । 

केही वर्षअघि खनिएको सडक अहिले झाडीले ढाकेको छ । याकम्बा गढीबाट पुर्वका विभिन्न स्थानसहित नौ जिल्लाको दृश्यावलोकन समेत गर्न सकिन्छ । गढीबाट तेह्रथुमसहित ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा लगायत जिल्लाको अवलोकन गर्न सकिने स्थानीयबासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य