प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पा"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आठराईको विकासका लागि १५ वर्षे गुरुयोजना, यस्ता छन् योजना

२०७४, २८ आश्विन शनिबार ०८:४२

प्रकाश धौलाकोटी | असोज २८, तेह्रथुम | तेह्रथुमको पुर्वी ऐतिहासिक आठराई क्षेत्र समेटिएको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारको विकासका लागि गुरुयोजना तयार पारिएको छ । गाउँपालिकाको केन्द्र रहेको संक्रान्तिबजार क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक पुर्वाधार विकासका लागि १५ वर्षे गुरुयोजना तयार पारिएको हो । 

सक्रान्तिबजारलाई स्वच्छ, सफा, हराभरा र भौतिक पुर्वाधारले सुविधायुक्त बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने गुरुयोजनाको प्राथमिकता रहेको छ । बजारमा खानेपानी तथा ढल व्यवस्थापन, होमस्टे निर्माणको अवधारणा, व्यवस्थित बसपार्क, सबै वडालाई समेट्ने गरी चक्रपथ निर्माण, सिँचाइका लागि सडक क्षेत्रमा ड्रेन निर्माण लगायत योजनाहरु गुरुयोजनामा समेटिएका छन् । 

गुरुयोजनामा पर्यटक लक्षित सडक विकासकै लागि संक्रान्तिबजार–खाम्लालुङ हुँदै सोबुवा देउरालीदेखि गुफापोखरी सडक निर्माणलाई समेत प्राथमिकतामा राखिएको छ । सुक्खायाममा आकाशेपानी संकलन, विद्युत् लाइन विस्तार, प्राविधिक शिक्षालय, कृषि संकलन तथा दूग्ध चिस्यान केन्द्र, हाटबजार क्षेत्रको व्यवस्थापनका साथै बस्ती विकास र भवन निर्माणका मापदण्ड समेत गुरुयोजनामा समेटिएको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूले बताउनुभयो ।

आगलागीबाट क्षत्विक्षत् बनेको सक्रान्तिबजारलाई व्यवस्थित र सुन्दर बनाउनका लागि भौतिक योजना तथा शहरी विकास शाखाले गुरुयोजना निर्माण गरेको हो । गुरुयोजनामा गाउँपालिकाले प्राथमिकतामा राखेका योजनाहरु समेत समेटिएकाले आठराईको विकासकालागि गुरुयोजना कोशे ढुंगा सावित हुने गाउँपालिकाका अध्यक्ष लिम्बुले बताउनुभयो । 

पहिलो वर्ष संक्रान्तिबजार नजिकै रहेको याकुम्बा गढीलाई पर्यटकीय गन्तव्य बनाउन लगानी गरिने भएको छ । गढीसम्म पुग्न फुट ट्रयाक निर्माण, विश्रामस्थल सहितको भ्यु–टावर लगायत पुर्वाधार निर्माण गरी याकुम्बा गढीलाई आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनाइने उहाँले बताउनुभयो । त्यसका लागि गाउँपालिकाको लगत्तै हुने गाउँसभाले बजेट व्यवस्थापन गर्नेछ । 

अन्य पुर्वाधार निर्माण तथा व्यवस्थापनका लागि योजना तयार गरी भौतिक पुर्वाधार तथा शहरी विकास शाखामा पठाइएको समेत अध्यक्ष लिम्बुले बताउनुभयो । याकुम्बा गढी आठराईकै प्रमुख पर्यटकीय सम्भावना बाकेको क्षेत्र हो । १३ प्रजातिका गुराँस फुल्ने यो डाँडा नजिकै पाथीभरा देवीको मन्दिर छ । सक्रान्तिबजारदेखि करिब आधा घण्टाको पैदल दुरीमा रहेको याकुम्बा गढीसम्म पुग्न अहिले राम्रो फुट ट्रयाक समेत छैन । 

केही वर्षअघि खनिएको सडक अहिले झाडीले ढाकेको छ । याकम्बा गढीबाट पुर्वका विभिन्न स्थानसहित नौ जिल्लाको दृश्यावलोकन समेत गर्न सकिन्छ । गढीबाट तेह्रथुमसहित ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, धनकुटा लगायत जिल्लाको अवलोकन गर्न सकिने स्थानीयबासीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त