३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रावाखोला लघु जलविधुत योजना ‘मिटरबक्स काण्ड अफवाह’

१ कार्तिक २०७४, बुधबार ०७:२८

चिसाङ शेर्पा | कात्तिक १, खोटाङ | रावाखोला लघु जलविधुत योजनाको मिटरबक्स काण्डमा जलविधुत समितीले पैसा लुट्नका निम्ति महंगो शुल्कमा मिटरवक्स जडान गर्ने भन्ने कुरा अफवाह भएको पुष्टि भएको छ । 

७ वर्ष अघि शुरु भएको लगु जलविधुत योजना महिनादिन अघि समापन भई हाल परिक्षण प्रशारण भईरहेको अवस्थामा विधुत उपभोक्ताहरुले अनिवार्य मिटर जोडेपछि मात्रै वत्ती वाल्न पाउँने निमय लगाईएपछि मिटर जडान गर्ने वहानामा समितीले उपभाक्ताको ढाड सेक्नेगरी अत्याधिक मात्रामा पैसा असुल्ने भनि चौतर्फी विरोध भएको थियो । योजनाले ५ सय ३२ घरधुरी लाभान्वित हुनेछ । 

रावाखोला जलविधुत योजनाको केन्द्रिय कार्य समितिले डेढ हप्ता अघि काठमाण्डौमा वैठक गरेर प्रतिघरका लागि ३ हजार रुपैयाँमा मिटरवक्स जडान गर्ने निर्णय गरेको थियो । ३ करोड १० लाखमा सम्पन्न योजनामा १ करोड १५ लाख श्रमदान हुंदा समेत योजना अहिले ४५ लाख ऋणमा रहेको रावाखोला लघु जलविधुत योजनाका सचिव युवाराज सुनुवारले बताए ।

केन्द्रिय प्रशारणको विधुतमा मिटरबक्स जडान गर्दा २१ सय लाग्छ त्यो सही हो । उसले मिटर मात्रै दिएका छन् । तर, हाम्रो योजनाले उपभोक्तालाई मिटर, कभर, ४ वर्षे पासवुक, प्राविधिक सेवा (मिटर जडान) सिलवन्दी शुल्क, योजना प्रोफाईल, कम्प्युटर सेटिङका लागि भनेर समितिले तीन हजार तोकेको तर, यहाँका स्थानीयले गलत बुझेका हुन् । सचिव सुनुवारले थपे । 

उनले भने ‘३ हजार तोकिएकोमा मिटर जडानका सवै काम सकिदा लगभग तीनचार सय वचत हुन्छ । समितीले त्यसलाई जम्मागरी ४५ लाख ऋणलाई घटाउँने छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही