
काठमाडौँ | नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख नौ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला पाँच हजार तीन सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ५० कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो।