काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबार शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने तथा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेसँगै नेप्सेले पनि सोही अनुरूप आफ्नो कारोबार तालिका परिमार्जन गरेको हो ।
नेप्सेले आज एक सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक साबिककै समयमा धितोपत्रको कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि सेयर बजार आइतबारदेखि बिहीबारसम्म खुल्ने र शुक्रबार र शनिबार बन्द हुने गरेको थियो ।