२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोहोरो अंकले घट्यो नेप्से

२०८२, २७ चैत्र शुक्रबार १५:४०

काठमाडौँ | शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा बन्द भएको छ। नेप्से घटे पनि यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३३५ वटा धितोपत्रको दुई करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच भएको हो। शुक्रबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २०९ वटाको घटेको छ। यस्तै, तीन कम्पनी स्थिर छन्।

यसदिन सात कम्पनीमा सकारात्मक सर्किट लागेको छ। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, होटल फरेस्ट इन र पाल्पा सिमेन्टको मूल्य १० प्रतिशत, रिज लाइफ इनर्जी, सूर्यकुन्ड हाइड्रो र शिखर पावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्सड् फण्ड रहेको छ। उक्त योजनाको मूल्य ४.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४२ पैसामा झरेको छ।

यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ४.०६ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ६ पैसामा सीमित भएको छ। शुक्रबार नेसनल हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३१० रूपैयाँ ५० पैसामा ५१ करोड ३२ लाख रूपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको चार हजार सात सय रूपैयाँमा ४३ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ