2026-10-20 08:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचकमा भारी गिरावट

काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार भारी गिरावट आएको छ । आजको कारोबार बन्द हुँदासम्म नेप्से २६.१६ अंकले घटेर २,७७०.२६ विन्दुमा कायम भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.९३ प्रतिशतको गिरावट हो । आज बजार सुरुवाती समयमा केही सकारात्मक देखिए पनि दिउँसो १२ बजेपछि भने लगातार ओरालो लागेको थियो । दिनभरको उतारचढावका बीच कुल ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर खरिदबिक्री भए । यसबाट ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ रुपैयाँ बराबरको कुल कारोबार भएको छ ।

बजारमा गिरावट आउँदा कारोबार भएका कम्पनीमध्ये २१३ वटाको सेयर मूल्य ओरालो लागेको छ भने ४२ कम्पनीको मूल्यमा वृद्धि देखिएको छ । बाँकी १४ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आजको कारोबारमा पोखरा फाइनान्स लिमिटेड सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । त्यस्तै रसुवागढी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंक पनि कारोबार रकमका आधारमा अग्रस्थानमा रहेका छन् ।

समग्र बजार घटे पनि हिमालयन बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत नाफा कमाएका छन् । त्यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र र साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रको मूल्यमा पनि ३ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ