चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खोटाङ सदरमुकाम अव्यवस्थित ? नगरपालिका मौन, सर्वसाधरणलाई सकस

१५ कार्तिक २०७४, बुधबार ०४:११


चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा गाडीहरु पार्किङ नगरी मध्य बजारका दायाँवायाँमा यातायात व्यवसायीले साना तथा ठूला सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा वजारका साना सडकमा दुर्घट्ना हुने सम्भावना वढेको छ ।

वर्षायामका समय रत्नपार्क – अल्छेढुंगाको वाटोमा गाडी फस्ने र वसपार्कसम्म जान नसक्दा अस्थाई रुपमा दिक्तेल वजारको वेशक्याम्पमा पार्किङ गर्न थालिएको लामो समय वितिसक्दा पनि व्यवसायी तथा सम्बन्धीत पक्षले वसहरु तोकिएको स्थानमा नलैजाँदा विविध कोणमा वजारमा समस्या भईरहेको छ । फोहोरको मात्र वढ्ने गरेको पाईएको छ । 

वजारका साना सडक तथा अत्याधिक मानिसहरु आवातजावत गर्ने स्थानमा जताततै वस तथा जीप पार्किङ गरेर वजारलाई अव्यवस्थित बनाउँदा रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयले अहिलेसम्म कुनै आवाज उठाएको छैन । कतीपय स्थानमा होटल वरीपरी नै वस तथा जिप पार्किङ गरेर राख्दा वस, जीप व्यवसायीको होटलवाला संगको साँठगाँठमा नगरपालिका मौन रहेको आँकलन गर्न सकिन्छ ।

मंसिर पहिलो सातायता खोटाङ र ओखलढुंगाको सिमाना दुधकोशीको पुल सञ्चालन हुने भएकाले तराई तथा काठमाण्डौवाट सवारी साधनको चाप थपिने देखिन्छ । वाटो सुकेपछि दिक्तेल वजारमा मोटरसाईकलको चाप वढ्न थालेपछि अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुलाई आवातजावतमा सकस भएको छ ।

यता, नगपालिकाको कार्यालयले भने, यस विषयमा कुनै प्रक्रिया थालेको छैन् । कहिलेवाट वस तथा जीपहरु पुरानो वसपार्कमा पार्किङका लागि पठाउँने कुराको ठोस निर्णय नै निकाल्न सकेका छैनन् । सहरी विकास मन्त्रालय उदयपुरवाट आचार्य टोल वसपार्कका लागि २० लाख रकम छुटिएको मात्रै थाहा भएको नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताए । सोल्मा वसपार्क स्थानीय गौरवका निति तथा कार्यक्रममा समेटिएको राईको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो