कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात का"/>
२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना कुरे पुग्छ !

२०७४, २६ कार्तिक आईतवार ११:०७

अनिल अधिकारी | कात्तिक २६, काठमाडौँ | अब सवारी लाइसेन्स निकाल्न जम्मा ६ महिना मात्र ! पक्कै पनि यो दु:खको कुरा हो । तर वास्तविकता यस्तै छ, ‘स्मार्ट लाईसेन्स’ को लागि यातायात कार्यालय एकान्तकुनाले ६ महिनामा मात्र लाइसेन्स दिने गरि काम गर्ने गरेको छ । 

यातायात कार्यालयमा पांच महिना अघिनै लाइसेन्स नवीकरण गराएका काभ्रेका रामकृष्ण श्रेष्ठले अहिलेसम्म आफ्नो लाइसेन्स पाउन सकेका छैनन् । त्यसो त हामी आफै यस बिषयमा जानकारी लिन यातायात कार्यालय एकान्तकुनामा पुगेका थियौं । लाइसेन्सको लागि सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेपछी जो कोहीले पनि 'अब लाइसेन्स लिन कहिले आउने ?' भनेर सोध्ने हो भने त्यहाँका कर्मचारीले सिधै भन्ने गर्छन 'छ महिना पछी आउनुस् ।'

त्यसो त स्मार्ट लाइसेन्स आएलगत्तै पनि यातायात कार्यालयले झन्डै एक महिना भन्दा बढी समय लगाएर लाइसेन्स वितरण गर्ने गरेको थियो । जुन प्रक्रिया अब अझै बढेर ६ महिना पुगेको छ । त्यसो त यातायातकै अधिकारीहरुले पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने योजना कार्यान्वयनमा कठिनाइ भएको बताउने गरेका छन् ।

यातायात कार्यालयले मागे अनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ । जसको कारण निकै समय कुर्नुपर्ने समस्या छ । यातायातको पछिल्लो तथ्यांक अनुसार सबै प्रक्रिया पुरा गरि राजश्व समेत तिरेर लाइसेन्स कुरेर बस्नेको शंख्या १ लाख पुगेको छ । ‘स्मार्ट कार्ड’छाप्ने  विभागको केन्द्रीय कार्यालय मीनभवनले मागे अनुसारको कार्ड छाप्न सकेको छैन । तीनवटा उपकरणले कार्ड छाप्छन् तर पनि माग बमोजिम आपूर्ति भएको छैन । 

यातायात कार्यालयले केहि महिना पहिलेसम्म २/३ महिनाभित्र लिन आउनु भनेर सेवाग्राहीलाई पठाउने गरेको भएपनि कार्ड छापिएर नआएपछी सर्वसाधारणको आक्रोश र आफ्नो कार्ड आए/नआएको भन्दै सोध्न फोन गरेर हैरान पारेपछि सेवा छिटो दिनुको सट्टा ६ महिनामा आउनु भनेर पठाउने गरेको यातायात कार्यालयका एक कर्मचारीले बताए । 'छ महिनामा आउनु' भनेर पठाएपछी छ महिनासम्ममा कार्ड आउने सम्भवना हुने उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते