३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

२७ कार्तिक २०७४, सोमबार ०८:२८

कात्तिक २७, पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्ने भएको छ । 

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव आयोजना गरिनेछ । अँग्रेजी नयाँ वर्षलाई धुमधामसँग मनाउने उद्देश्यका साथ आयोजना गरिने सो महोत्सवमा विभिन्न खानाका परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने संस्थाका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिनुभयो । 

पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा होटल तथा रेस्टुरेन्टले महोत्सव अवधिभर खाना सडकमै बनाउने र सडकबाटै पर्यटकलाई सेवा दिने बताइएको छ । 

महोत्सवमा श्रीलंका, कोरिया र जापानी टोलीले आ–आफ्नो देशको सांस्कृतिक प्रदर्शनी गर्ने छन् । महोत्सवमा राष्ट्रिय लोक दोहोरी, बाल उद्यान, खाना महोत्सव, पञ्चेबाजा, नेवारी, लाखे, गुरुङ, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी तथा वेटर दौडलगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ