२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तामाकोशीको मुख्य सुरुङ निर्माण सम्पन्न

२०७४, ३ मंसिर आईतवार ०८:००

मङ्सिर ३, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । 

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो । 

कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । कूल ४५६ मेघावाट क्षमताको सो आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 


आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । मुख्य सुरुङ भैँसेदेखि गोगरडाँडासम्मको खण्डको खन्ने कार्य ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख विज्ञानराज श्रेष्ठले जानकारी दिए । 

आयोजनाको अत्यन्त कठिन कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ खन्ने कार्य गत भदौ ३१ गते नै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युत्गृहको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ । 

त्यस्तै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलअन्तर्गत उपकरण जडानको कार्य धमाधम भइरहेको श्रेष्ठले जानकारी दिए । यसैगरी गोगर–खिम्ती २२० केभी प्रसारण लाइन निर्माणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । 

कूल १२७ टावरमध्ये हालसम्म ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । ९७ वटा टावरको जडान कार्य सम्पन्न भएको छ भने ७।५ किलोमिटर तार तान्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । 

२०७२ सालको ‘गोरखा भूकम्प’ले गर्दा मुख्य सुरुङ निर्माण कार्य डेढ वर्ष स्थगित भएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ । 

सुरुङ निर्माण कार्य सम्पन्न भएकामा खुशी व्यक्त गर्दै ऊर्जा सचिव उपाध्यायले लामो समयदेखिको नेपालीले अपेक्षा गर्दै आएको आयोजनाको सबैभन्दा अप्ठेरो कार्य सम्पन्न भएपछि आयोजना नयाँ गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् इतिहासमा स्वदेशी लगानीमा नै यति ठूलो परियोजना निर्माण सम्पन्न हुने क्रममा पुग्नु सबै नेपालीका लागि खुशी र उत्साहको विषय भएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ